रोपाइँ ९२ प्रतिशतभन्दा धेरै सम्पन्न, धान उत्पादन बढ्ने अनुमान

Advertisement

काठमाडौं । कृषि विकास मन्त्रालयले देशभर ९२.४ प्रतिशत रोपाइँ सकिएको जनाएको छ । मन्त्रालयले साउन १३ सम्म धान रोपाइँ हुने कुल क्षेत्रफलमध्ये उक्त क्षेत्रफलमा रोपाइँ भएको जनाएको हो ।

धान खेती हुने १३ लाख ९८ हजार २७३ हेक्टर क्षेत्रफलमध्ये १२ लाख ९२ हजार २२१ हेक्टरमा रोपाइँ भएको छ । सबैभन्दा बढी सुदूरपश्चिममा ९९.६ प्रतिशत रोपाइँ भएको छ । कर्णालीमा ९६.९ प्रतिशत, लुम्बिनीमा ९१.३ प्रतिशत, बागमतीमा ९०.८ प्रतिशत, मधेशमा ९२ प्रतिशत, कोशीमा ९०.७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । 

Advertisement

गत बर्ष साउन १२ सम्म कुल धान रोपाइँ हुने क्षेत्रलफलमध्ये ७८.१ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएकोमा यस बर्ष समयमा पानी पर्दा र प्रशस्त मात्रामा पानी पर्दा रोपाइँ बढी भएको मन्त्रालयको भनाई छ । यसले गर्दा यो बर्ष धान उत्पादन बढ्ने अनुमान गरिएको छ । 

Advertisement