खराब कर्जा बढ्दा आत्मनिर्भर लघुवित्तको नाफामा ७१.२६ प्रतिशतको गिरावट

Advertisement

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको खुद नाफा ७१.२६ प्रतिशतले घटेको छ । 

गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार लघुवित्तले गत आर्थिक वर्ष २०८० ८१ को चौथो त्रैमास अर्थात् असार मसान्तसम्म १ करोड ३९ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा लघुवित्तको यस्तो नाफा ४ करोड ८६ लाख रुपियाँ थियो । यो अघिल्लो आवको तुलनामा गत आवमा ७१.२६ प्रतिशत कम हो । 

Advertisement

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३.५७ प्रतिशतले बढेको छ । अघिल्लो आवमा ११ करोड ९५ लाख रुपियाँ खुद ब्याज आम्दानी गरेको संस्थाले गत आवमा १२ करोड ३८ लाख खुद ब्याज आम्दानी गरेको छ ।

र अन्य सञ्चालन आम्दानी ३.६२ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ३.५८ प्रतिशत बढेको छ ।

त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी पनि ३.५८ प्रतिशले वृद्धि भएको छ । गत आवमा १४ करोड २२ लाख ५५ हजार रुपियाँ कुल सञ्चालन आम्दानी गरेको लघुवित्तले अघिल्लो आवमा १३ करोड ७३ लाख ४२ हजार रुपियाँ आम्दानी गरेको थियो । 

समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा ७.५८ प्रतिशतबाट बढेर १३.२२ प्रतिशत पुगेको छ भने यस अवधिमा १० करोड ८३ लाख रुपियाँ खराब कर्जा उठाएको छ । 

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवको असार मसान्तसम्म लघुवित्तको यस्तो आम्दानी ५७.६० रुपियाँले घटेर २०.३७ रुपियाँमा सीमित भएको छ । साथै, लघुवित्तको मूल्य आम्दानी अनुपात १३३.७७ रुपियाँ रहेको छ।

समीक्षा अवधिमा ६ करोड ८५ लाख रुपियाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १९ करोड ८७ लाख रुपियाँ सञ्चित, १४ करोड ८१ लाख रुपियाँ सापटी र ८६ करोड १५ लाख रुपियाँ निक्षेपबाट १ अर्ब ४७ करोड ८६ लाख रुपियाँ कर्जा प्रवाह गरेको छ ।

Advertisement