काठमाडौं । प्रभु बैंक लिमिटेड, आईडिया स्टुडियो नेपाल र गण्डकी प्रदेशका तीन क्याम्पसहरुबीच त्रिपक्षीय रणनीतिक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारी पत्रमा बैंकका सीईओ अशोक शेरचन, आईडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष तथा संस्थापक डा. छिरिङ्ग लामा, धौलागिरी बहुमुखी क्याम्पसका प्रमुख डा. राम प्रसाद उपाध्याय, म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख श्रीधर सुवेदी र कालीका बहुमुखी क्याम्पसका प्रमुख सह-प्राध्यापक बिरन्जी गौतमले हस्ताक्षर गरेका छन् ।
यस सहकार्यले कालिका बहुमुखी क्याम्पस , धौलागिरी बहुमुखी क्याम्पस तथा म्याग्दी बहुमुखी क्याम्पसका विद्यार्थीहरूमा उधमशिलताको क्षेत्रमा सिर्जनात्मकताको वातावरण बनाउन र नवोदित उद्यमीहरूलाई सशक्तीकरण गर्नेछ । सहकार्यले प्रभु बैंक, तीन क्याम्पस र आइडिया स्टुडियो नेपालको संयुक्त विशेषज्ञता र नवप्रवर्तनमार्फत विधार्थीहरुको चौतर्फी विकास र वृद्धि हुनेछ ।
उक्त अवसरमा प्रभु बैंकका सीईओ शेरचनले प्रभु बैंक र आईडिया स्टुडियो नेपालले धेरै वर्षदेखि सहकार्य गर्दै बिभिन्न कार्यक्रमहरु गर्दै आएको र त्यसै सिलसिलामा यसवर्ष गण्डकी प्रदेशका विद्यार्थीहरुमा उधमशिलता र नवप्रवर्तनको विकासका लागि आवश्यक सहकार्यको र सहयोग प्रदान गर्ने उद्देश्यले सहकार्य गर्न लागेको जानकारी गराए ।
आईडिया स्टुडियो नेपालले शिक्षकहरुको उद्यमशील मानसिकतालाई विकास गर्दै विधार्थीहरुलाई सिक्ने र सिकाउने दुवैमा नवीन दृष्टिकोणहरूतर्फ डोर्याउँछ।प्रभु बैंकको तर्फबाट शैक्षिक संस्थामा आईडिया स्टुडियो नेपालले उधमशील इकोसिस्टमलाई वढाबा दिने कार्यक्रममा बैँकको मुल्याङ्कनमा विधार्थीहरुका लागि आबश्यक पर्ने स्टाट अप ऋण लगानी गर्नेछ ।