राजधानी नजिकै ‘सूर्यचौर नेचर रिट्रिट रिसोर्ट’ संचालनमा, पाँच बर्षभित्र ‘लक्जरी बनाइने

Advertisement

काठमाडौं । राजधानी काठमाडौं नजिक थुप्रै लक्जरी होटल र रिसोर्टहरु सञ्चालनमा आएका छन् । त्यसमा एउटा नयाँ थपिएको छ ‘सूर्यचौर नेचर रिट्रिट ।’

नुवाकोटको सूर्यचौरमा सञ्चालनमा आएको यो रिसोर्टपाँच रोपनी छेत्रफलमा फैलिएको छ । राजधानीबाट नजिक रहेको यस रिसोर्टबाट अन्नपूर्णदेखि गणेश, मनास्लु, लाङटाङ र सगरमाथाको नजिकसम्मको दुश्य देख्न सकिन्छ । काठमाडौंबाट नगरकोट, नमोबुद्ध, पातलेवनलगायतका होटल तथा रिसोर्ट पुग्न २०–३० किलोमिटर पर पुग्नुपर्छ । तर सूर्यचौर रिसोर्ट काठमाडौंबाट नजिकको दूरीमा रहेको सो होटलका सञ्चालक कमल सापकोटाले बताए । उनी नेपाल पर्यटन बोर्डका उपाध्यक्ष समेत हुन् । 

Advertisement

शिवपुरी आरक्षण क्षेत्रको नजिक रहेकाले यस रिसोर्टको महत्व बढाएको छ । काठमाडौंबाट १३ किलोमिटर दूरीमा रहेको यो रिसोर्टमा सापकोटाबाहेक राजन सिंखडा, हेमराज बराल, जेबी सिंह, कृष्ण घिमिरेको पनि लगानी छ । यो रिसोर्ट सञ्चालनमा आएको एक महिना मात्रै भयो । 

सापकोटाले भने, ‘रिसोर्ट सञ्चालनमा आए पनि औपचारिक उद्घाटन बाँकी छ । रिसोर्टसँगै प्याराग्लाइडिङ सेवा पनि सँगै उद्घाटन गर्ने तयारीमा छौं ।’ रिसोर्टमा प्याराग्लाइडिङ सेवा पनि भएकाले पर्यटकहरुको आकर्षण निकै बढ्ने उनको विश्वास छ । चालिस जना बस्न मिल्ने क्षमताको सूर्यचौर रिसोर्टलाई विस्तार गरेर १५० जना अटाउने बनाउने सापकोटाले योजना सुनाए । 

उनले थपे, ‘अबको पाँच वर्षभित्र लक्जरी रिसोर्ट बन्ने छ सूर्यचौर रिसोर्ट । अहिले सुरुवातीमा सानोबाट सुरु गरेका हौं । करिब छ करोड रुपियाँ मात्रै लगानी गरेर सञ्चालनमा ल्याएको हो ।’ सूर्यचौर गुरुङ र तामाङ बहुल्यता भएको पूरानो गाउँ भएकाले रिसोर्टमा उनीहरुको संस्कृति झल्किने, रिसोर्टमा आएका पर्यटकहरु गाउँ घुम्न सक्ने, शिवपुरी राष्ट्रिय निकुञ्जको अवलोकन गर्न सकिने, छोटो दूरीको हाकिङ पनि गर्न सकिने जनाइएको छ । 

रिसोर्टमा पर्यटकको मनोरञ्जनको लागि पिङ, सेल्फी पोइन्ट, रेस्टुरेन्ट, चार वटा लक्जरी टेन्ट रहेका छन् । लगभग २७ रोपनी क्षेत्रफलमा फैलिने यो रिसोर्ट पाँच वर्षभित्रमा ठूलो लक्जरी रिसोर्ट बन्ने सोपकोटाको भनाई छ । चाँडै नै थप निर्माणको काम सुरु हुने उनले बताए । 

सूर्यचौर रिसोर्टमा स्थानीय खानादेखि पश्चिमा खाना पनि पाइन्छ । यसभित्र दुई वटा सम्मेलन हल, योगा, रिट्रिट, स्विमिङ पुल, हर्स राइडिङ लगायतका सुविधा थप्ने योजना छ । 

undefinedundefinedundefined

null

Advertisement