कांग्रेस नेता पूँजी बजारप्रति कठोर, अस्वभाविकरुपमा बढेकाले  निगरानी बढाउन महतको आग्रह

Advertisement

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री प्रकाशशरण महतले पूँजी बजारमाथि निगरानी बढाउन सरकारलाई आग्रह गरेका छन् । 

पूँजी बजार अस्वभाविक रुपमा उकालो लागेको भन्दै उनले सरकार र नेपाल राष्ट्र बैंकलाई त्यसमाथि निगरानी बढाउन आग्रह गरे । शुक्रवार संसदको अर्थ समितिको बैठकमा अर्थमन्त्री विष्णु पौडेलसँगको छलफलमा महतले विना आधार कृत्रिम तरिकाले पुँजी बजार दोब्बरले वृद्धि भएको उल्लेख गर्दै त्यसमा सर्वसाधारणको लगानी फस्न नदिन पनि कडा निगरानी राख्न सरकारसँग आग्रह गरे । 

Advertisement

राजनीतिक चरित्रका हिसाबले उद्दार अर्थतन्त्रको पक्षधर कांग्रेस नेता नै पुँजीबजारप्रति कडा देखिएका हुन् । महतले कम्पनीको स्ट्रेन्थ नै नभएको बेला पनि टाठाबाठाले नक्कली आधार खडा गरेर पूँजी बजार बढेको अवस्थामा रहेकाले थप लगानी गरेर सर्वसाधारण फस्ने अवस्था रहेको दाबी बताए । 

मौद्रिक नीतिका कारण बैंकिङ क्षेत्रको शेयर बढ्नु स्वाभाविक भए पनि नेपाल रिपब्लिक मिडिया जस्ता निकै कमजोर कम्पनीको शेयर समेत अस्वाभाविकरुपमा बढाउने काम भइरहेको छ । महतले बिना आधार पुँजी बजारमा लगानी नबढाउन सर्वसाधारणलाई आग्रह गरे । उनले नयाँ सरकार र मौद्रिक नीतिका कारण पुँजी बजारमा केही उत्साह आउनु स्वभाविक भएपनि त्यसले दोब्बरले वृद्धि हुनु सन्तोषजनक नभएको बताए । 

महतले भने, ‘अहिले शेयर मार्केट निरन्तर माथि उठेर २७ सय पुगेको अवस्था छ । तर मलाई के लाग्छ भने यसमा हामी कसेस हुन जरुरी छ । यो हाम्रो जति पनि लिष्टेड कम्पनीहरु छन । त्यो कम्पनीको स्ट्रन्थ अनुसार त्यसको बढेको छ ? भन्दा त्यो अनुसार बढेको छैन । यसको मतलव के हुन्छ ? यसको मतलव के हुन्छ भने पछिल्लो समयमा जसले त्यो बढेको बढ्यै गर्छ लगानी गर्ने आम लगानीकर्ताको पुँजी फस्ने खतरा बढेर जान्छ । त्यो स्वभाविक रुपमा मनिटरी पोलिसीले र आत्मविश्वास यो सरकारको स्थायित्वको कारणले उत्साह थपेको हदसम्म त्यसमा सकारात्मक रुपमा त्यो बढनु उपयुक्त हो । तर त्यो कम्पनीको स्ट्रेन्थ नै छैन । तर अस्वभाविक रुपमा त्यसको बढि राखेको छ ।’ 

उनले थपे, ‘त्यसमा धेरै केही चलखेल गर्न सक्ने त्यसको इन्साईडेट टे«डिङ पनि भन्छ । त्यहाँ भित्रकै सूचनाहरु लिएर, त्यसमा त हामीले छानविन पनि शुरु गरेका छौं । म अर्थमन्त्रीजीलाई यस बारेमा पनि ध्यानाकर्षण गराउन चाहन्छु । त्यस हिसावले आर्टिफिसियल तरिकाबाट कम्पनीको स्ट्रेन्थ खासै केही पनि छैन । अत्यन्त कमजोर छ । तर त्यसको सेयर बढेर डबल भन्दा पनि बढि भईराखेको छ । त्यो भनेको के हो भने त्यो लगानीकर्ता पछिल्लो समय यो बढेको बढ्यै हुन्छ भन्ने थाहा पनि छैन कम्पनीको स्ट्रेन्थ पनि । बढेको छ भने पछि यसमा अझ लगानी गरौं । अझ बढला, फाईदा होला भन्नेहरु छन् । अनि जसले रणनीतिक रुपमा त्यहाँ लगानी गरेको छ । उसले ऐन मौकामा वीथ ड्र गर्छ । अनि जुन साधारण लगानीकर्ताहरु छन् । उनीहरु फस्छन् । त्यसो हुनाले अहिले बुलस्ट्रन्थमा जुन शेयर मार्केट बढिराखेको छ, त्यसप्रति म गम्भीर भएर हेर्न म लगानीकर्ताहरुलाई पनि अनुरोध गर्न चाहन्छु ।’

प्रवक्ता महतले पूँजी बजारमा भएको अस्वभाविक वृद्धिप्रति सचेत रहन नियामक निकायको ध्यानाकर्षण गराए । 

Advertisement