काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा उल्लेख भए अनुसार धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि २० करोडको सीमा हटाएको छ ।
बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले आज क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै संस्थागत लगानीकर्ताहरुका लागि मात्र यस्तो सीमा लागु नहुने उल्लेख गरेका छन् ।
कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल रु. १५ करोड भने कायमै रहेको निर्देशनमा उल्लेख छ ।