सिमेन्ट उत्पादक संघको अध्यक्षमा मारु निर्वाचित, यस्तो बन्यो नयाँ कार्यसमिति

Advertisement

काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघको शनिबार सम्पन्न २०औं साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको छ । 

उक्त  साधारणसभाबाट सर्वसम्मत रुपमा अध्यक्षमा रघुनन्दन मारु चयन भएका छन्  भने उपाध्यक्षमा डा ताराप्रसाद पोखरेल र विकास दुगड चयन भएका छन्  । 

Advertisement

त्यसैगरी  महासचिवमा राजाराम खड्का र कोषाध्यक्षमा अरुणकुमार कर्ण चयन भएका छन् ।

तीन बर्षको नयाँ कार्यसमितिको कार्यकाल हुने संघका सदस्यहरूमा निपेश तायल, शोभाकर न्यौपाने, तेन्जिङ लाक्देन तामाङ, आदित्य सांघई, विष्णु अग्रवाल, नन्दी केशर पौडेल, केशवप्रसाद उप्रेती, हुवांग सी जुंग र अनिल रुगंटा सर्वसम्मत भएका छन् । राजनकुमार झा संघको आमन्त्रित सदस्यमा सर्वसम्मत भएका छन् ।

यस्तै सल्लाहकारमा पुरुषोत्तमलाल संघई, पशुपति मुराराका र साहिल अग्रवाललाई मनोनित गरेको छ । 

नवनिर्वाचित अध्यक्ष मारुले सिमेन्ट उघोगमा देखिएका समस्याहरुको समाधान खोज्ने र सबै पक्षहरुलाई साथमा लिएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । त्यस्तै चुन ढुङ्गा  उत्खनन र विघुत बैकिङ् लगायतका समस्या समाघान का लागि  सबैलाई साथमा लिएर अघि बढ्ने बताए । 
 

Advertisement