इन्भेष्टमेन्ट बैंकद्वारा नाफामा भारी वृद्धि गर्दै पाँच अर्ब १९ करोड पुर्याउन सफल

Advertisement

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गएको आर्थिक वर्ष २०८०–८१ मा पाँच अर्ब १९ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो बर्षको सोही अवधिको तुलनामा ३९.७१ प्रतिशत बढी हो ।

बैंकले सोमबार सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तीय विवरणमा नाफामा भारी वृद्धि भएको देखिएको हो । 
गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले तीन अर्ब ७२ करोड खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी बढेकाले नाफा बढ्न पुगेको हो ।

Advertisement

यस अवधमिा बैंकको खुद ब्याज आम्दानी २२.०२ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ११.१७ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १९.६५ प्रतिशत र सञ्चालन मुनाफा २१.६२ प्रतिशत बढेको छ ।

त्यस्तै, इन्भेष्टमेन्ट मेगा बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ४ रुपियाँ ३३ पैसा बढेर १५ रुपियाँ २३ पैसा पुगेको छ । असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १८० रुपियाँ र मूल्य आम्दानी अनुपात ११.५ गुणा रहेको छ। 

यद्यपि यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा तीन अर्ब ४३ करोड रुपियाँ ऋणात्मक रहेको छ । जगेडा कोषमा २७ अर्ब १३ करोड रहेको बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड रुपियाँ रहेको छ । यस अवधिमा बैंकको निक्षेप १३.८३ प्रतिशत बढेको छ भने कर्जा १.५४ प्रतिशत मात्र बढेको छ।

Advertisement