काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले बालबच्चा लक्षित नयाँ बीमालेख सुरक्षित बाल भविष्य योजना बिक्री शुरु गरेको छ ।
यस बीमालेख अन्तर्गत १ महिनादेखि १७ वर्ष उमेर सम्मका बालबालिकाको जीवन बीमा गरिन्छ । यो बीमालेखले बालबालिकाको शिक्षाको सुनिश्चितताका साथै उच्च शिक्षा, विवाहब्रतबन्ध जस्ता सामाजिक कार्य वा पेशा ब्यवसाय शुरु गर्नका आर्थिक स्रोत प्रदान गरी उज्वल भविष्य निर्माणमा सहयोग गर्दछ ।
यस योजना अन्तर्गत न्युनतम ८ वर्षदेखि अधिकतम २५ वर्ष अवधिसम्मको बीमा गर्न सकिने र न्युनतम बीमांक रकम रु.२५,०००/– देखि अधिकतम बीमांक रकम रु.५,००,०००/– सम्म लिन सकिनेछ ।