लुम्बिनी विकास बैंकको ४३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

Advertisement

काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ । 

बैंकले संस्थापक शेयरधनी गोपालप्रसाद बास्तोला, सुवास महर्जन र शिवराज आचार्यको नाममा रहेको कुल ४३ हजार २९९ कित्ता बिक्रीमा राखेको हो । 

Advertisement

यो शेयर खरिद गर्न इच्छुक जोकोहीले आजका मितिले १५ दिनभित्र दिन सक्नेछन् । 

यसअघि बैंकले संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी सो शेयर बिक्रीमा राखे पनि संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो । 

Advertisement