काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडको ४ लाख ३८९ कित्ता अवितरित हकप्रद शेयरमा आवेदन दिने म्याद थप भएको छ ।
गत साउन ८ गतेदेखि हकप्रद बिक्री खुला गरेको कम्पनीले साउन २२ गते बन्द गर्ने जनाएको थियो । ब म्याद थपिएपछि लगानीकर्ताले भदौ २५ गतेसम्म हकप्रद शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
प्रतिकित्ता न्यूनतम १०० रुपियाँ तोकिएको हकप्रदका लागि बोलकबोल गर्दा कम्तीमा १०० कित्ता र बढीमा सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिन सकिनेछ ।
इच्छुक शेयरधनीले ग्लोबल आईएमई बैंक कमलादी शाखा या आईसीएफसी फाइनान्स नक्साल शाखामा रहेको कम्पनीको बैंक खातामा रकम बुझाई कम्पनीको कारोबार कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ ।