काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
संस्थाले खुला प्रतिस्पर्धाद्वारा स्थायी पदपूर्ति गर्न कनिष्ठ चालक तथा कनिष्ठ सहयोगी पदमा ८५ जनाबाट दरखास्त आह्वान गरेको हो ।
यी दुवै पद श्रेणीविहीन हुन् ।
इच्छुक र योग्य नेपाली नागरिकले आजका मितिले (साउन २३) २१ दिनभित्र दरखास्त फाराम भरी बुझाउनुपर्नेछ ।
फाराम संस्थाको प्रधान कार्यालय बुटवल, सञ्चालन तथा सुपरिवेक्षण कार्यालय विराटनगर, जनकपुर, नेपालगन्ज र धनगढीमा बुझाउन सकिनेछ ।