नोबेल पुरस्कार विजेता मुहम्मद युनुस बने बंगलादेशको अन्तरिम सरकार प्रमुख

Advertisement

काठमाडौं । बंगलादेशका नोबेल पुरस्कार विजेता मुहम्मद युनुस त्यहाँको अन्तरिम सरकार प्रमुख बनेका छन् । उनले मंगलबार मात्रै अन्तरिम सरकारको नेतृत्व गर्न तयार रहेको बताएका थिए ।

मंगलबार नै राष्ट्रपति भवनमा भएको एक बैठकले नोबेल पुरस्कार विजेता युनुसलाई नै अन्तरिम सरकारको प्रमुख चुनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सो बैठकमा आरक्षण आन्दोलनको नेतृत्व गरेका विद्यार्थीका प्रतिनिधि र सेनाका प्रमुख समेत सहभागी थिए ।

Advertisement

प्रधानमन्त्रीबाट अपदस्थ हसिनाको दुश्मनी र लाखौं बंगलादेशीको व्यापक सम्मान आर्जन गरेका ८४ वर्षीय युनुसलाई लाखौँ मानिसलाई गरिबीबाट बाहिर निकालेको श्रेय दिइन्छ । 

‘यदि बंगलादेशमा मेरो देश र जनताका लागि साहसको कारवाही आवश्यक छ भने म यो लिनेछु ।’ विद्यार्थी नेताहरूले अन्तरिम सरकारको नेतृत्व गर्न आह्वान गरेपछि उनले ‘स्वतन्त्र निर्वाचन’ को पनि आह्वान गरेका छन् । 

७६ वर्षीया हसिना सन् २००९ देखि सत्तामा हुनुहुन्थ्यो तर उनीमाथि जनवरीमा भएको निर्वाचनमा धाँधली गरेको आरोप लगाइएको थियो । त्यसपछि गत महिना उनको राजीनामाको माग गर्दै लाखौँ जनता सडकमा उत्रिएका थिए । 

    अशान्ति दबाउने सुरक्षा बलको प्रयासमा सयौँ मानिस मारिए तर विरोध बढ्दै गयो र सेना आफ्नो विरुद्धमा भएपछि हसिना अन्ततः सोमबार देश छोडेर भागिन् । 
राष्ट्रपतिले मङ्गलबार संसद् भंग गरेका छन् । विद्यार्थी नेताहरू र प्रमुख विपक्षी बंगलादेश नेशसनल पार्टी (बिएनपी) ले संसद् भङ्ग गर्न र तीन महिनाभित्र निर्वाचन गर्न माग गरेका थिए । 

Advertisement