वाणिज्य बैंकहरुको खुद ब्याज आम्दानी करिब दुई खर्ब, कुनको कति ? (सूचीसहित)

Advertisement

काठमाडौं । गएको आर्थिक बर्ष २०८०–८१ मा वाणिज्य बैंकहरुको खुद ब्याज आम्दानी झण्डै दुई खर्ब रुपियाँ नजिक देखिएको छ । हाल नेपालमा २० वाणिज्य बैंक सञ्चालनमा छन् । उनीहरुले हालै सार्वजनिक गरेको गत आवको वित्तीय विवरणले यस्तो देखाएको हो । 

गत आवमा वाबाणिज्य बैंकहरुको खुद व्याज आम्दानी एक खर्ब ९२ अर्ब १२ करोड ८५ लाख ७२ हजार रुपियाँ रहेको छ । यो अघिल्लो आव २०७९–८० को तुलनामा  ३.२६ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकहरुको खुद ब्याज आम्दानी एक खर्ब ८६ अर्ब ६ करोड ३६ लाख रुपियाँ हो । 

Advertisement

यो वाणिज्य बैंकहरुको ब्याज आम्दानी र ब्याज खर्च बीचको अन्तर हो । बैंकहरुले कर्जा प्रवाह गरेबापत ऋणीबाट निश्चित ब्याज पाउँछन् । साथै, निक्षेप राखेका निक्षेपकर्तालाई पनि तोकिएको दरमा ब्याज दिनुपर्छ । यसरी कर्जाबाट आएको व्याज मध्येबाट निक्षेपकर्तालाई व्याज दिएपछि बाँकी हुने रकम नै बैंकहरुको खुद व्याज आम्दानी हो । 

बैंकहरुको मुख्य आम्दानीको स्रोत नै ब्याज हो । त्यो अवस्थामा खुद ब्याज आम्दानीले नै बैंकहरुको नाफा निर्धारण गर्दछ । समीक्षा बर्षमा वाणिज्य बैंकहरुले ६४ अर्ब रुपियाँ खुद नाफा कमाएका थिए । 

सबै भन्दा धेरै खुद ब्याज आम्दानी ग्लोबल आईएमई बैंकको रहेको छ । उक्त बैंकले १६ अर्ब ६३ करोड रुपियाँ यस्तो आम्दानी गरेको छ । दोस्रो स्थानमा भने नबिल बैंक छ । उक्त बैंकले १६ अर्ब २० करोड रुपियाँ यस्तो आम्दानी गरेको देखिन्छ । तेस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भने १५ अर्ब एक करोड रुपियाँ यस्तो आम्दानी गरेको देखिन्छ ।

कुन बैंकको कति खुद व्याज आम्दानी ? 
undefined

 

Advertisement