काठमाडौं । कुमारी बैंक लिमिटेड र नयाँ बानेश्वर, काठमाडौं स्थित समाज डेन्टल प्रालिबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।
यस सम्झौता अनुसार बैंकका ग्राहकहरुले सो समाज डेन्टलका नयाँ वानेश्वर–काठमाडौं, जावलाखेल चोक–ललितपुर, राधेराधे–भक्तपुर, सनसिटी–पेप्सीकोला, बसुन्धरा चौकी– काठमाण्डौं, सितापाइला चोक–काठमाण्डौ, बौद्ध–जोरपाटी, कौशलटार–भक्तपुर, इमाडोल–ललितपुर, बनेपा– काभ्रे स्थित सेवाकेन्द्रबाट सेवा लिए बापत कुमारी बैंकको डेबिट–क्रेडिट कार्ड अथवा क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकका ग्राहकहरुलाई उक्त सेवाकेन्द्रहरुमा रजिष्ट्रेसन शुल्क र चिकित्सक सल्लाह शुल्क निःशूल्करुपमा उपलब्ध हुनेछ । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।
बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु सेवा प्रदान गर्दै आएको छ ।