कालिका लघुवित्तको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी, यी हुन् मुख्य सूचक

Advertisement

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३४.०३ प्रतिशतले बढेको छ । 

समीक्षा अवधिमा लघुवित्तले ६ करोड ३१ लाख रुपियाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो नाफा २ करोड ६९ लाख रुपियाँ थियो । 

Advertisement

गत आवको असार मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी ०.५४ प्रतिशतले बढेर २५ करोड ५० लाख रुपियाँ पुगेको छ । अघिल्लो आवमा २५ करोड ५३ लाख रुपियाँ थियो ।

त्यस्तै, कुल सञ्चालन आम्दानी १.५५ प्रतिशत मात्र बढेर २९ करोड ९३ लाख र सञ्चालन नाफा ९ करोड ४५ लाख रुपियाँ पुगेको छ । यो अघिल्लो आवको तुलनामा १७४ प्रतिशतले बढी हो । अघिल्लो आवमा यस्तो नाफा ३ करोड ४४ लाख रुपियाँ थियो । 

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ९.७१ रुपियाँले बढेर १६.८५ रुपियाँ पुगेको छ । त्यस्तै, प्रतिशेयर नेटवर्थ १७२.७० रुपियाँ र मूल्य आम्दानी अनुपात ७५.८१ गुणा छ भने वितरणयोग्य मुनाफा ३ करोड ४४ लाख रुपियाँ र  वितरणयोग्य प्रतिशेयर आम्दानी ९.२७ रुपियाँ छ ।

३७ करोड २३ लाख रुपियाँ चुक्ता पुँजी रहेको लघुवित्तको जगेडा कोषमा २७ करोड ६ लाख रुपियाँ सञ्चित छ । 

Advertisement