एनआईसी एशिया लघुवित्तले कमायो १२ करोड नाफा, जगेडा कोषमा कति ?

Advertisement

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको खुद नाफा अघिल्लो आवको तुलनामा गत आवमा ३२.८८ प्रतिशतले घटेको छ । 

लघुवित्तले समीक्षा अवधिमा १२ करोड ७१ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा यस्तो नाफा १८ करोड ९२ लाख रुपियाँ थियो ।

Advertisement

असार मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी पनि ११.९२ प्रतिशतले घटेको छ ।  अघिल्लो आवमा १ अर्ब ८ करोड खुद ब्याज आम्दानी गरेको संस्थाले गत आवको चौथो त्रैमाससम्म आइपुग्दा ९५ करोड १६ लाख रुपैयाँमा सीमित भएको छ । 

त्यसैगरी अघिल्लो आवमा १३ करोड ७ लाख ७६ हजार रुपियाँ ऋणात्मक रहेको इम्पेयरमेन्ट चार्ज बढेर १ लाख ४५ हजार रुपियाँ पुगेको छ । यससँगै कम्पनीको सञ्चालन नाफा ४९.७१ प्रतिशतले घटेर २१ करोड १२ लाख रुपियाँ पुगेको छ, जुन अघिल्लो वर्ष ४२ करोड रुपियाँ थियो ।

समीक्षा अवधिमा लघुवित्तको सञ्चालन खर्च ६ प्रतिशतले घटेर ७७ करोड ७५ लाख  रुपैयाँमा झरेको छ भने कुल सञ्चालन आम्दानी पनि ११.४४ प्रतिशतले घटेर ९८ करोड ८९ लाख रुपियाँ कायम भएको छ । 

यस अवधिमा लघुवित्तको वितरणयोग्य मुनाफा ४०.८५ प्रतिशतले घटेर ४३ करोड ६० लाख छ, जुन अघिल्लो आवको सोही तुलनामा ७३ करोड ७१ लाख रुपियाँ थियो । 

गत आवको असार मसान्तसम्म लघुवित्तको प्रतिशेयर आम्दानी (ईपीएस) १०.८८ रुपियाँबाट घटेर ७ रुपियाँ ३१ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १६८.१९ रुपियाँ र मूल्य आम्दानी अनुपात ९६.४७ प्रतिशत छ । साथै, यस अवधिमा लघुवित्तको खराब कर्जा ६.२७ प्रतिशतबाट बढेर ९.९२ प्रतिशत पुगेको छ । 

१ अर्ब ७३ करोड ९४ रुपियाँ चुक्ता पुँजी रहेको लघुवित्तको जगेडा कोषमा ७५ करोड ८० हजार रुपियाँ सञ्चित छ । 

समीक्षा अवधिमा लघुवित्तले १५ अर्ब ९४ करोड २४ लाख रुपियाँ कर्जा प्रवाह गरेको छ भने निक्षेप संकलन १ अर्ब ५४ करोड ७१ लाख रुपियाँ गरेको छ । 

Advertisement