नागरिक लगानी कोषकाे नाफा एक अर्ब, १९.५५ प्रतिशतले बढ्यो ब्याज आम्दानी

Advertisement

काठमाडौं । नागरिक लगानी कोष (सीआईटी) को खुद नाफा घटेको छ । 

कोषले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा अघिल्लो आवको तुलनामा गत आवमा घटेको हो । 

Advertisement

समीक्षा अवधिमा कोषले १ अर्ब १० करोड रुपियाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आवको तुलनामा ९.९१ प्रतिशतले कम हो । अघिल्लो आवमा कोषले १ अर्ब २२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत आवको असार मसान्तसम्म कोषको ब्याज आम्दानी १९.५५ प्रतिशतले बढेर ४४ करोड २५ लाख रुपियाँ पुगेको छ । अघिल्लो आवमा कोषले ब्याज आम्दानीबापत ३७ करोड रुपियाँ आर्जन गरेको थियो । 

त्यस्तै, समीक्षा अवधिमा कोषको कुल आम्दानी ५.२५ प्रतिशत बढेर १ अर्ब ९२ करोड रुपियाँ कायम भएको छ । अघिल्लो आवमा कोषले १ अर्ब ३९ करोड रुपियाँ कुल आम्दानी गरेको थियो । 

यस अवधिमा कोषको कुल खर्च २.७२ प्रतिशत बढेर ४५ करोड ५० लाख पुगेको छ, जुन अघिल्लो आवमा ४४ करोड ३० लाख रुपियाँ थियो । 

नाफासँगै कोषको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कोषले प्रतिशेयर आम्दानी २.२८ रुपियाँले घटेर २०.७५ रुपियाँमा सीमित भएको छ । त्यस्तै, प्रतिशेयर नेटवर्थ १७१.४५ रुपियाँ छ । 

५ अर्ब ३१ करोड रुपैयाँ चुक्ता पुँजी कोषको जगेडा कोषमा भने १८ अर्ब १५ करोड रुपैयाँ सञ्चित छ।

Advertisement