प्राइम कलेज र थाइल्याण्डको एआईटीबीच साझेदारी, नेपाली विद्यार्थीलाई नयाँ अवसर र अनुभव

Advertisement

काठमाडौं । थाइल्यान्डस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी)सँग प्राइम कलेजको साझेदारी भएको छ । यस सहकार्यले आफ्ना विद्यार्थीहरुलाई असाधारण शैक्षिक अवसर प्रदान गर्न सहयोग पुग्ने कलेजले विश्वास लिएको छ । 

यस साझेदारीले विद्यार्थीहरुलाई संयुक्त स्नातक र स्नातकोत्तर कार्यक्रमका दुवै डिग्रीहरु ६ वर्षभन्दा कम समयमै पूरा गर्न सक्षम बनाउने भन्दै कलेजले आफ्नो विज्ञप्तिमा एआईटीले आफ्नो ट्युसनमा ५० प्रतिशतभन्दा बढी छात्रवृत्ति पनि प्रदान गर्ने जानकारी दिएको छ । 

Advertisement

यस सहकार्यले विद्यार्थीहरुलाई आफ्नो शैक्षिक र व्यवसायिक यात्रामा नयाँ उचाइ हासिल हुने कलेजको विश्वास छ । कलेजले एआईटीसँगको साझेदारीलाई ‘ग्राउण्डब्रेकिङ’को संज्ञा दिँदै भनेको छ, यस सहकार्यले प्राइम कलेजको शैक्षिक उत्कृष्टताप्रतिको प्रतिबद्धतालाई अगाडि बढाई विद्यार्थीहरूलाई असाधारण शैक्षिक अवसरहरू र विश्वव्यापी परिप्रेक्षहरू प्रदान गर्नेछ ।’

यस द्रुतमार्गले विश्वस्तरीय शिक्षा र महत्वपूर्ण आर्थिक सहयोग प्रदान गर्ने कलेजले आशा लिएको छ । एआईटीले ट्युशनमा प्रदान गर्ने ५० प्रतिशतभन्दा बढी छात्रवृत्तिले विद्यार्थीलाई स्नातक
डिग्री पूरा गरेलगत्तै स्नातकोत्तरको अध्ययन सुरु गर्न अवसर दिने बताएको छ । यसबाट विद्यार्थीहरूले उन्नत शैक्षिक
र व्यावसायिक क्षेत्रहरूमा सहजै प्रारम्भिक प्रवेशको सुविधा पाउने विश्वास गरिएको छ । 

एआईटीको विशिष्ट संकाय र अत्याधुनिक अनुसन्धान सुविधाले प्राइम कलेजका विद्यार्थीहरूलाई महत्वपूर्ण शैक्षिक मार्गदर्शन मिल्ने भन्दै कलेजले एआईटीमा अन्तर्राष्ट्रिय विद्यार्थीसँगको अन्तरक्रियाले नेपाली विद्यार्थीलाई विभिन्न संस्कृतिसँग परिचित गराउने, शैक्षिक अनुभवलाई समृद्ध बनाउने र विश्वव्यापी मानसिकतालाई बढावा दिने बताएको छ । 

यस प्रकारको अनुभव नेपाली विद्यार्थीहरूलाई विश्वव्यापी बजारमा
सफल क्यारियरको लागि तयार गर्न महत्वपूर्ण योगदान दिने प्राइम कलेजको भनाई छ ।

Advertisement