नेपाल पुनर्बीमा कम्पनीको नाफा ५१ करोडमाथि, कस्तो छ वित्तीय अवस्था ?

Advertisement

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमास अर्थात् असार मसान्तसम्म नेपाल पुनर्बीमा कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा सामान्य घटेको छ ।

गत आवको असार मसान्तसम्म कम्पनीले ५१ करोड ५८ लाख रुपियाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १३.४९ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले ५९ करोड ६२ लाख रुपियाँ खुद नाफा कमाएको थियो ।

Advertisement

त्यस्तै, समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क ८.५७ प्रतिशत घटेर ५ अर्ब १५ करोड ४३ लाख रुपियाँ पुगेको छ । अघिल्लो आवमा यस्तो बीमाशुल्क ५ अर्ब ६३ करोड ७६ लाख थियो । 

कम्पनीका अनुसार यस अवधिमा कम्पनीको कुल आम्दानी ९.३० प्रतिशत घटेर ६ अर्ब ५३ करोड ३९ लाख रुपियाँमा झरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ७ अर्ब २० करोड ३९ लाख रुपियाँ आर्जन गरेको थियो । 

समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ०.९१ प्रतिशत र कुल खर्च ८.७४ प्रतिशतले बढेको छ ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ६३ पैसा घटेर ४.३ रुपियाँमा सीमित भएको छ । त्यस्तै, प्रतिशेयर नेटवर्थ १४७.४५ रुपियाँ र मूल्य आम्दानी अनुपात १९२.५५ गुणा छ । 

१२ अर्ब ८१ करोड रुपियाँ चुक्ता पुँजी रहेको कम्पनीको विशेष जगेडा कोषमा ३ अर्ब ९२ करोड रुपियाँ छ भने महाविपत्ति कोषमा २७ करोड ६३ लाख रुपियाँ, रिटेन्ड अर्निङमा १ अर्ब ८ करोड रुपियाँ र अन्य इक्विटीमा ७८ करोड ८० लाख रुपियाँ छ।

Advertisement