तेह्रथुम पावरको ३२ लाख १६ हजार कित्ता शेयरको ‘लक इन’ समाप्त

Advertisement

काठमाडौं । तेह्रथुम पावर कम्पनीको ३२ लाख १६ हजार कित्ता संस्थापक शेयरको ‘लक इन’ अवधि साउन २७ गते (हिजो) देखि समाप्त भएको छ । 

हाल ‘२८ लाख कित्ता संस्थापक, ४ लाख कित्ता स्थानीयको शेयर र १६ हजार कित्ता कर्मचारीको शेयर लक इन’मा थियो । 

Advertisement

‘लक इन’ अवधि सकिएसँगै संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको शेयर दोस्रो बजारमा कारोबारका लागि योग्य भएको छ । 

कम्पनीले २०७८ साउन ५ देखि १९ गतेसम्म स्थानीय बासिन्दा र भदौ ९ देखि १३ गतेसम्म सर्वसाधारण (कर्मचारी समेत) मा निष्कासन तथा बिक्री खुला गरेको आईपीओ भदौ २५ गते बाँडफाँट गरेको थियो ।

यसरी सर्वसाधारणमा शेयर बाँडफाँट गरेको मितिबाट तीन वर्षसम्म शेयर ‘लक इन’मा राख्नुपर्ने व्यवस्था छ ।

Advertisement