आईजीआई प्रुडेन्सियलको खुद नाफा र बीमाशुल्क आर्जन दुवै बढ्यो

Advertisement

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्म ६१ करोड २१ लाख रुपियाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १५६.६७ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले २३ करोड ८४ लाख रुपियाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क ९०.५६ प्रतिशत बढेर १ अर्ब ४१ करोड ८२ लाख रुपियाँ पुगेको छ । अघिल्लो आवमा कम्पनीले ७४ करोड ४२ लाख रुपियाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

Advertisement

असार मसान्तसम्म कम्पनीले कुल आम्दानी ८९.६३ प्रतिशत बढेर २ अर्ब ३६ करोड ५४ लाख रुपियाँ र कुल खर्च ६४.४३ प्रतिशत बढेर १ अर्ब ४९ करोड रुपियाँ पुगेको छ । 

कम्पनीका अनुसार समीक्षा अवधिमा दाबी भुक्तानी ६४.१२ प्रतिशत बढेर ७४ करोड ८१ लाख रुपियाँ पुगेको छ, जुन अघिल्लो आवमा ४५ करोड ५८ लाख रुपियाँ थियो ।

नाफासँगै इन्स्योरेन्सको प्रतिशयर आम्दानी (ईपीएस) पनि बढेको छ । गत आवको असार मसान्तसम्म यस्तो आम्दानी १२.३३ रुपियाँ बढेर २०.२१ रुपियाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १८७.७० रुपियाँ र मूल्य आम्दानी अनुपात २७.६१ गुणा रहेको छ ।

३ अर्ब २ करोड रुपियाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब ७२ करोड ५७ लाख रुपियाँ, महाविपत्ती कोषमा ८ करोड १२ लाख रुपियाँ, रिटेन्ड अर्निङमा ३४ करोड ६२ लाख रुपियाँ र अन्य इक्विटीमा ५० करोड ३३ लाख रुपियाँ छ ।

Advertisement