सूर्यज्योति लाइफको कुल खर्च र दाबी भुक्तानी बढ्यो

Advertisement

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३९ करोड ६५ लाख ३७ हजार रुपियाँ खुद नाफा आर्जन गरेको छ ।  यो अघिल्लो आवको तुुलनामा १४६.०३ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीको यस्तो नाफा १६ करोड ११ लाख ७३ हजार रुपियाँ मात्रै थियो ।

त्यस्तै समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन २९.०८ प्रतिशतले बढेर ९ अर्ब ४७ करोड रुपियाँ पुगेको छ । अघिल्लो आवमा कम्पनीले ७ अर्ब ३४ करोड कुल बीमाशुल्क आर्जन गरेको थियो । 

Advertisement

गत आवको असार मसान्तसम्म कम्पनीको कुल खर्च २८.२३ प्रतिशतले बढेर १२ अर्ब २६ करोड ६१ लाख रुपियाँ पुगेको छ । साथै, यस अवधिमा कम्पनीले ४ अर्ब ५ करोड ८० लाख रुपियाँ दाबी भुक्तानी गरेको छ । अघिल्लो आवमा कम्पनीले २ अर्ब ५ करोड ६७ लाख रुपियाँ दाबी भुक्तानी गरेको थियो । अघिल्लो आवको तुलनामा यो ९७.३१ प्रतिशतले बढी हो । 


समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार २३.२२ प्रतिशतले बढेर ३३ अर्ब ६३ करोड ७५ लाख रुपियाँ पुगेको छ, जुन अघिल्लो आवको सोही अवधिमा २७ अर्ब २९ करोड ९३ लाख रुपियाँ थियो ।

असार मसान्तसम्म कम्पनीको चुक्ता पुँजी १०.२६ प्रतिशतले बढेर ५ अर्ब १ करोड १९ लाख रुपियाँ र लगानी २०.८५ प्रतिशतले बढेर ३४ अर्ब ९६ करोड ४९ लाख रुपियाँ पुगेको छ ।
यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) ८.७२ रुपियाँ र प्रतिशेयर नेटवर्थ १३०.५६ रुपियाँ छ ।

Advertisement