एचआईडीसीएलले मंगलबारदेखि प्रतिकित्ता रु १०० मै डेढ करोड कित्ता शेयर बिक्री गर्दै

Advertisement

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले डेढ करोड भन्दा बढी कित्ता संस्थापक शेयर बिक्री गर्दैछ ।

कम्पनीले अवितरित हकप्रद शेयरमध्ये लिलाम बढाबढ प्रक्रियाबाट बिक्री नभई बाँकी रहेको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता शेयर बिहीबार (साउन २९ गते) बाट बिक्री गर्न लागेको हो ।

Advertisement

उक्त शेयरका लागि जोकोही व्यक्ति, संस्था वा कम्पनीले  भदौ ६ गतेसम्म खरिद आवेदन दिन सक्नेछन् । 

प्रतिकित्ता न्यूनतम १०० रुपियाँ तोकिएको सो शेयर खरिदका लागि बोलपत्र पेस गर्दा घटीमा १०० कित्ता र बढीमा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

शेयर खरिद गर्न इच्छुकले बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका साथै ग्लोबल आईएमई बैंकको शंखमूल–नयाँबानेश्वर, बिर्तामोड, हनुमानदास रोड, जनकपुरधाम, आदर्शनगर, हेटौंडा, नारायणगढ, न्युरोड–पोखरा, मिलनचोक, बाग्लुङ बजार, त्रिभुवनचोक, वीरेन्द्रनगर, घोराही, धनगढी र महेन्द्रनगर शाखा कार्यालयमा भदौ ६ गतेसम्म आवेदन पेस गर्नु पर्नेछ । 

साथै, आवेदन फाराम पनि सोही स्थानमा पाइनेछ ।

Advertisement