गैरआवासीय नेपालीको गुनासो– नागरिकता पाइयो, अधिकार पाइएन

Advertisement

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन)हरुले नागरिकता पाए पनि अधिकार नपाएको भन्दै आफूहरुको नागरिकतासम्वन्धी व्यवस्थाको पूर्ण कार्यान्वयनको माग गरेका छन् । 

गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री केसीले आफूहरुको लागि संविधान त  नागरिकताको व्यवस्था गरेतापनि अझै उक्त अधिकार प्राप्त हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराइए ।  

Advertisement

गैरआवासीय नेपाली नागरिकतासम्वन्धी छलफलमा गृहमन्त्री रमेश लेखक, संविधानसभा सदस्यहरु राधेश्याम अधिकारी, खिमलाल देवकोटा, राष्ट्रिय सभाका पूर्व सदस्य रामनारायण बिडारी र पूर्व महान्यायधिवक्ता  अग्नि खरेल सहभागी थिए । 

नागरिकता मात्रै दिएर नहुने, कानुनअनुसार आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार पनि दिनुपर्ने उनको माग छ । केसीले गैरआवासीय नेपाली नागरिकता लिने क्रममा सम्बन्धित निकायहरुमा अझ केही अस्पष्टता देखिएकोले नागरिकता लिन समस्या भएको बताए । 

उनले ठूलो संघर्षपछि सरकारले नागरिकता प्राप्तीको लागि बाटो खुला गरेको भएपनि सम्बन्धित निकायमा समयमै परिपत्र नहुँदा समस्या भोग्नुपरेको बताए । 

गृहमन्त्री लेखकले सरकारले गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनमा देखापरेका समस्या समाधान गर्दै सम्बन्धित निकायमा छिट्टै आवश्यक  परिपत्र गर्ने बताए । 

Advertisement