‘स्मार्ट–वाच’मा बढ्दो क्रेज, बार्षिक ५० करोडभन्दा बढीको कारोबार

Advertisement

काठमाडौं । पछिल्लो समय निकै फेसनमा रहेको ‘स्मार्टवाच’ (आधुनिक घडी)मा पनि नेपालीको आर्कषण बढ्दै गएको देखिएको छ । 

पहिला पहिला घडीमा समय, तारिख र बार मात्रै हेर्ने सुविधा हुन्थ्यो भने पछिल्लो समयमा आउने स्मार्ट वाच समय हेर्न मात्रै नभएर फोन गर्ने, आफ्नो स्वास्थ्य बारे प्रारम्भिक जानकारी लिने जस्ता सुविधा पनि हुन्छ । घडी समय हेर्न प्रयोग गरिन्छ भन्ने मान्यता यस्ता स्मार्टं वाचले बदलेको छ । 

Advertisement

स्मार्टवाचलाई मोवाइलसँग कटेक्ट गरेर मोवाइलमा भएका सुविधा प्रयोग गर्न सकिन्छ । साथै, मुटुको धड्कन मापन गर्न सकिने लगायतका सुविधा पनि स्मार्टवाचमा हुन्छ । त्यसप्रति पछिल्लो समय नेपाली बजारमा युवा पुस्ताको आर्कषण बढ्दै गएको यसको कारोबारबाट दे्खिएको हो । 

चालु आर्थिक बर्ष २०८१–८२ को साउन महिनामा मात्रै पाँच हजार ७७३ वटा स्मार्टवाच आयात भएको छ । त्यो आयात गर्दा दुई करोड ४३ लाख ६८ हजार रुपियाँ बाहिरिएको छ । साथै, सरकारलाई थप ७३ लाख २५ हजार रुपियाँ राजश्व प्राप्त भएको छ । करसहित कुल लागत तीन करोड १६ लाख ९३ हजार रुपियाँ कारोबार भएको सरकारी तथ्यांकमा देखिन्छ । 

भन्सार बिभागको तथ्यांकअनुसार गत आव २०८०–८१ भरमा भने दुई लाख ३९ हजार ६६९ वटा यस्तो घडी आयात भएको थियो । त्यसबापत ३५ करोड ५१ लाख ४८ हजार रुपियाँ बाहिरीएको छ । सरकारलाई थप १० करोड ९७ लाख १८ हजार रुपियाँ राजश्व प्राप्त भएको छ । त्यसमा कर सहित कुल लागत ४६ करोड ४८ लाख ६७ हजार रुपियाँ देखिन्छ । 

त्यसअघि आव २०७९–८० मा दुई लाख ८६ हजार ५७१ वटा स्मार्ट वाच आयात भएको थियो । त्यसबापत ३६ करोड ७० लाख ४२ हजार रुपियाँ बाहिरीएको थियो भने सरकारलाई थप ११ अर्ब ५७ करोड ६० लाख रुपियाँ राजश्व प्राप्त भएको  थियो । त्यो बर्ष कर सहितको लागत ४८ करोड २८ लाख दुई हजार रुपियाँ रहेको देखिन्छ । 

यसरी नेपालमा बार्षिक ३५ करोड रुपियाँभन्दा बढीको स्मार्ट वाच आयात हुने गरेको छ । त्यसमा कर र आयातकर्ताले राख्ने नाफाले गर्दा नेपाली बजारमा ५० करोड भन्दा बढीको विदेशी स्मार्टवाचको कारोबार हुने गरेको देखिन्छ । 
साथै, पछिल्लो समय नेपालमा पनि स्मार्ट वाच बन्न थालेका छन् । अल्टीमा नोभा कम्पनीले बिगत एक डेढ बर्षदेखि नेपालमै स्मार्टवाच उत्पादन गरेर बिक्री वितरण गर्दै आएको छ । तर, उक्त कम्पनीको बार्षिक कारोबार कति छ भनेर कुनै तथ्यांक बाहिर आएको छैन । यद्यपि, नेपालमा स्मार्टवाचको बजार बार्षिक ५० करोड रुपियाँभन्दा माथिको भएको देखिन्छ । 

Advertisement