जनस्वास्थ्य संकटकाल लगाउनुपर्ने अवस्था छैनः स्वास्थ्यमन्त्री

Advertisement

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा मनसुनको समयमा देखिने हैजाको कारण हाल जनस्वास्थ्य संकटकाल लगाउनुपर्ने अवस्था नरहेको बताएका छन् । 

प्रतिनिधि सभा बैठकमा बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोषिमा कार्कीले हैजा महामारीका कारण निम्तिनसक्ने स्वास्थ्य संकटकालको पूर्वानुमान, नियन्त्रण र द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउनुपर्ने भन्ने सार्वजनिक महत्वको विषयमाथि उनले जनस्वास्थ्य संकटकाल लगाउनुपर्ने अवस्था नभएपनि संयम हुनुपर्ने स्थिति भने रहेको बताए । 

Advertisement

पौडेलले हैजा, डेंगी लगायतका जनस्वास्थ्यका चुनौतिलाई सामना गर्न सामुहिक र सामन्वयात्मक प्रयास गर्नेगरी निर्णय गरी अघि बढेको पनि बताए । उनले हैजा प्रभावित क्षेत्रका द्रुत सूचना, जनचेतना अभिवृद्धि लगायतका क्रियाकलाहरु प्रभावकारी बनाउन तीन तहकै सरकारको समन्वयमा कार्य भइरहेको जानकारी दिए । 

मन्त्री पौडेलले काठमाडौं उपत्यकाका स्थानीय सरकार प्रमुखसँग हैजा, डेंगी लगायतका महामारीजन्य अवस्थाको व्यवस्थापन कसरी प्रभावकारी बनाउने भनेर अन्तरक्रिया तथा ठोस कदम चाल्नका लागि सहकार्य गरिने बताए । 

उनले भने, ‘हैजा, डेंगी लगायतका जनस्वास्थ्यका चुनौतिलाई सामना गर्न सामुहिक र सामन्वयात्मक प्रयास गर्नेगरी निर्णय गरी अघि बढेका छौँ । हैजा प्रभावित क्षेत्रका द्रुत सूचना, जनचेतना अभिवृद्धि लगायतका क्रियाकलाहरु प्रभावकारी बनाउन तीन तहकै सरकारको समन्वयमा कार्य भइरहेको छ । काठमाडौं उपत्यकाका स्थानीय सरकार प्रमुखसँग हैजा, डेंगी लगायतका महामारीजन्य अवस्थाको व्यवस्थापन कसरी प्रभावकारी बनाउने भनेर अन्तरक्रिया तथा ठोस कदम चाल्नका लागि सहकार्य गरिएको छ । वर्षा याममा देशभर हैजाको जोखिम रहेपनि नयाँ बिरामी नभएको तथा उपचाररत ४ जना मात्रै रहेको व्यहोरा अनुरोध गर्दछु ।’

मन्त्री पौडेलले मन्त्रालयले अर्लि वार्निङ एण्ड रिपोर्टिङ सिस्टम तथा १११५ कल सेन्टर लगायतका संयन्त्रबाट हैजा र डेंगीको निगरानी गरिरहेको बताए । 

Advertisement

Advertisement