काठमाडौं । चौधरी समूह अन्तर्गतको सिजी मोबाईलले दुई महिनाअघि नेपाली बजारमा भित्र्याएको युनिक डिजाईन, पावरफुल स्पेसिफिकेसन र परफरमेन्स सेन्ट्रिक इन्जिनियरिङ् गरिएको प्रिमियम स्मार्टफोन ब्राण्ड नथिङ ग्राहकहरुले रुचाएका छन् ।
चौधरी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीको प्रत्यक्ष संलग्नतामा नथिङ् नेपाली बजारमा भित्रिएको भएको हो ।
‘अन्तर्राष्ट्रिय बजारमा नथिङ्ले जुन रफ्तारमा आफूलाई अगाडि बढाउन सफल भएको छ त्यही लयमा नेपालीबजारमा नथिङलाई अगाडि बढाउन हामी अग्रसर भईसकेका छौं’, सिजी मोबाईलका महाप्रबन्धक विनय जोशी भन्छन्, ‘नथिङ् एकातर्फ प्रिमियम ब्राण्ड हो भने अर्कातर्फ यो ज्यादै उपभोक्तामूखी छ । जसको उदाहरणको रुपमा यसको रिप्लेसमेन्ट पोलिसीलाई लिन सकिन्छ । वारेन्टीमा आएको समस्या होस् या फिजिकल ड्यामेज नथिङ्का स्मार्टफोन ग्राहकले रिप्लेसमेन्टमा नयाँ सेट पाउँछन् ।’
नथिङ्ले स्मार्टफोनमा मात्र नभएर बड्मा समेत बृद्धि हाँसिल गरेको छ । टाढैबाट डिजाईनमा अलग देखिने नथिङ्ले आफ्नो दोश्रो ब्राण्ड सिएमएफ सन् २०२३ मा लन्च गरको थियो । प्रतिस्पर्धी बजारमा बढी उपभोक्ता माझ पुग्नका लागि प्रतिस्पर्धी मूल्यका स्मार्टफोन, बड्स् तथा स्मार्टवाच समेत सिएमएफले उत्पादन तथा विक्री वितरण गर्दै आएको कम्पनीले जनाएको छ ।