काठमाडौं । ब्याट्री–स्वापिङ प्रविधि इको–सिस्टममा विश्वमै अगुवा मानिएको गोगोरो इंकले पल्स र जेगो सार्वजनिक गरेका छ । नेपालमा यस ब्राण्डका स्कुटरहरुको बिक्रेता र नेबुला इनर्जीले गोगोरोका यी विशेष प्रोडक्ट रेन्ज नाडा अटो शोको स्टल नम्बर एम–थ्री स्टलमा राखेको छ ।
शहरहरुलाई दिगो मोविलिटि सोलुसन’ प्रदान गर्ने ब्याट्री–स्वापिङ प्रविधिका यी उत्पादनहरु दिगो मोबिलिटी र प्रविधिको नयाँ युगमार्फत् गोगोरोले नेपालको जिरो इमिसन लक्ष्यमा योगदान पुर्याउने आफ्नो प्रतिबद्धता व्यक्त गरेको नेबुला इनर्जीका अध्यक्ष मनोज गोयलले बताए । कम्पनीले काठमाडौंमा ४५ वटा ब्याट्री स्वापिङ स्टेसन रहने स्थान पनि घोषणा गरेको छ ।
फुडमान्डु र जुमजुम जस्ता रणनीतिक साझेदारहरूसँग स्कूटरहरूको प्रयोग पश्चात् प्राप्त अत्याधिक सकारात्मक प्रतिक्रियापछि गोगोरो अब आफ्ना स्कुटरहरू बिक्रीको लागि तयार रहेको कम्पनीको भनाई छ ।
नेबुलाका प्रबन्ध निर्देशक सहायु गोयलले दुई पाङ्ग्रे सेग्मेन्टमा ईभीको प्रयोग व्यापकस्तरमा हुनका लागि प्रविधिमा सक्षम हुनुपर्ने आवश्यकता रहेको औंल्याए । ब्याट्री–स्वापिङ प्रविधिद्वारा सञ्चालित गोगोरोका स्कुटर रेन्जले विद्युतीय दुई पाङ्ग्रे सवारी खरिद गर्ने उपभोक्ताहरूले सामना गर्ने यस्ता प्रमुख चुनौतीहरूलाई सम्बोधन गर्न मौलिक समाधान प्रदान गर्दछ ।
नेबुला इनर्जीले हाल उनीहरूको जीएक्स २५० को लागि रणनीतिक बीटूबी साझेदारहरूलाई ब्याट्री स्वापिङ सेवाहरू प्रदान गर्ने बताएको छ । नेबुलाले सेप्टेम्बरको मध्यमा नक्सालको नारायणचौरमा पहिलो गोगोरो शोरुमको उद्घाटन गर्ने जानकारी पनि दिएको छ ।
ग्राहकहरूले स्कुटरको परीक्षण र विशेष इन्ट्रोडक्टरी मूल्यमा प्रि–बुकिङ गर्ने र दशैंपछि आफ्नो स्मार्टस्कुटरको डेलिभरी प्राप्त गर्नेछन् । बिक्री सुरु गर्नुअघि ४५ स्वाप स्टेसनहरू स्थापना गर्ने प्रतिबद्धताअनुरुप उपत्यका वरिपरि ब्याट्री स्वापिङ स्टेशनका लागि निश्चित स्थानहरूको घोषणा गरेको बताउँदै नेबुलाले यसअनुसार प्रत्येक २–३ किलोमिटरमा एउटा स्टेशनको उपलब्धता सुनिश्चित हुने बताएको छ ।
गोगोरो स्मार्ट स्कुटरहरूमा ग्राहकहरूले ब्याट्री खरिद गर्न आवश्यक पर्दैन । गोगोरोले सुविधाजनक ब्याट्री सब्सक्रिप्सन योजना प्रदान गर्ने नेबुलाले जानकारी दिएको छ । यो योजनाले स्वाप स्टेशनहरूको सम्पूर्ण नेटवर्कमा पहुँच प्रदान गर्ने उसको भनाई छ ।
कम्पनीले विज्ञप्तिमा भनेको छ, ‘यसले प्रयोगकर्ताहरूलाई ब्याट्री स्वामित्वको झन्झट बिना नै आफ्नो स्कुटरहरू पावर अप राख्न सजिलो बनाउँछ ।’ गोगोरोले भविष्यलाई दृष्टिगत गरेर नयाँ एडभान्स्ड हाइ–पर्फर्मेन्स स्मार्ट स्कुटरलाई पुनः डिजाइन गर्ने क्रममा पल्सको निर्माण गरेको जनाएको छ । पल्स विश्वकै पहिलो हाइपर इलेक्ट्रिक स्कुटर भएको र यसले गोगोरोको नवीनता र क्षमतालाई स्पष्ट रूपमा प्रदर्शन गर्ने बताएको छ ।
पल्सले एडभान्स्ड एरोडायनामिक डिजाइन, नयाँ ९ किलोवाटको गोगोरो– डिजाइन पावरट्रेन, रिभोलुसनरी एडेप्टीभ एक्टिभ– म्याट्रिक्स लाइटनिङ र प्यानोरामिक हाई–डेफिनिशन टच डिस्प्ले प्रयोग गर्दछ ।
पल्स गोगोरोको नयाँ हाइपर ड्राइभ पावरट्रेनद्वारा सञ्चालित रहेको, जुन ऊर्जा खपत घटाएर पर्फर्मेन्स बढाउन डिजाइन गरिएको हो भन्दै नेबुलाले हाइपर ड्राइभको मुटुमा गोगोरोको नयाँ हाई–पर्फर्मेन्स एच वान मोटर, पूर्णरूपमा पुनः डिजाइन गरिएको इलेक्ट्रिक पावर प्लान्ट र पछिल्लो ह्वीलमा ३७८ एनएम टर्कको साथमा अत्याधुनिक ट्रयाक्सन कन्ट्रोल प्रदान गर्ने एक शक्तिशाली स्मार्ट प्रणाली हाइपरकोर हुने बताएको छ ।
गोगोरोको हाइपर ड्राइभले नयाँ हाइब्रिड वाटर र एयर डुअल–कूलिङ प्रणालीलाई पनि एकीकृत गर्दछ । हाइपर ड्राइभले पल्सलाई पर्फर्मेन्सको निम्न नयाँ लेभलहरू प्राप्त गर्न सक्षम बनाउँछ ।
–०.५० किमि प्रतिघण्टा– ३.०५ सेकेन्ड
–९.० किलोवाट– म्याक्सिमम पावर आउटपुट
–११,००० आरपीएम– म्याक्सिमम आरपीएम
–३७८ एनएम टर्क– रियर व्हीलमा