नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने विधेयक अर्थको स्वीकृतिपछि कानुनमा पुग्यो

Advertisement

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउन बनाएका दुई विधेयकको मस्यौदालाई अर्थ मन्त्रालयले सहमति दिएको छ । 

उड्डयन क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउन भन्दै प्राधिकरण टुक्राउन खोजिएका यी विधेयकले प्राधिकरणलाई नियामक र सेवा प्रदायकको रुपमा अलग–अलग गर्नेछ । अर्थले सहमति दिएसँगै विधेयक कानुन, न्याय तथा संसदीय व्यबस्था मन्त्रालय पुगेको स्रोतले जानकारी दियो ।

Advertisement

नागरिक उड्डयनसम्बन्धी मौजुदा ऐनअनुसार सेवा प्रदायक र नियामक निकाय एउटै भएको कारण नियमन प्रभावकारी हुन नसकी हवाई दुर्घटना बढी भएको उड्डयन क्षेत्रले अन्तर्राष्ट्रिय संस्थाले समेत औंल्याउँदै आएका छन् । उनीहरुले समेत प्राधिकरणलाई टुक्राउन सुझाव दिँदै आएका थिए । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले यी विधेयकको मस्यौदा चाँडै टुंग्याउन पहल गरेका छन् । कानुन मन्त्रालयबाट सहमति पाएपछि यो विधेयक संसदमा पेश हुनेछ । यस विधेयकमा मन्त्री पाण्डेले सरोकारवालाको सुझाव पनि दिएका थिए । 

Advertisement

Advertisement