‘अटो शो’मा मिस युनिभर्स नेपाल प्रतियोगीहरुद्वारा एनटर्क डिस्क बिएस सिक्स एफआई सार्वजनिक

Advertisement

काठमाडौं । टिभिएस मोटर कम्पनीको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले एनटर्क डिस्क बिएस सिक्स एफआई सार्वजनिक गरेको छ । नाडा अटो शोमा मिस युनिभर्सका शीर्ष २२ प्रतियोगीहरुद्वारा एनटर्कको उक्त नयाँ भेरियन्ट सार्वजनिक गरिएका हुन् । 

एनटर्क डिस्क बिएस सिक्स एफआईमा रहेको अत्याधुनिक प्रविधि र आरटीएफआई बिएस सिक्स प्रणालीले उत्कृष्ट माइलेज प्रदान गर्ने भन्दै कम्पनीले यसमा स्मार्ट एक्स कनेक्ट अन्तर्गत कलर आईडी, नेभिगेसन असिस्ट, ब्लुटुथ र एसएमएस अलर्टहरू पनि उपलब्ध रहेको जानकारी दिएको छ । 

Advertisement

साथै ब्रेक लक, स्ट्यान्ड सेन्सर, लास्ट पार्क लोकेसन र इमर्जेन्सी लाइट जस्ता सुविधाहरु पनि यस भेरियन्टमा उपलब्ध छ । एनटर्क डिस्क बिएस सिक्स एफआईको मूल्य मात्र दुई लाख ७९ हजार नौ सय  रहेको छ । अन्य ब्राण्डका ११० सिसिको मूल्य जति नै मूल्य रहेको भन्दै जगदम्बाले एनटर्क १२५ सिसिको यो भरियन्ट यती धेरै विशेषताहरुका साथ लन्च गर्न पाउनु ठूलो उपलब्धी भएको बताएको छ । 

टीभीएसको लाइफटाइम वारेन्टीको सुविधा, स्पेयर पार्टस्को १ घण्टाभित्र डेलिभरीको सुविधा र नेपालकै पहिलो स्पोर्टी स्मार्ट स्कुटर भएकाले यो ब्राण्डको बजारमा आफ्नो स्थान थप बलियो रहेको कम्पनीको दाबी छ ।  साथमा यसमा रहेको लोयल्टी एपले ग्राहकको अनुभवलाई झनै राम्रो बनाउने र एनटर्क डिस्क बिएस सिक्स एफआई राइडरहरूको लागि पहिलो चोइस हुने कम्पनीको विश्वास छ ।

एनटर्क डिस्क बिएस सिक्स एफआईमा रहेको फिचरहरुले  राइडरहरुलाई विशेष अनुभव प्रदान गर्ने बताइएको छ । नयाँ भेरियन्टमा उन्नत इन्जिनियरिङ, उत्कृष्ट पर्फर्मेन्स र स्टाइलिस डिजाइनले साहसी युवा राइडरहरूलाइ स्वभाविक रुपमा आकर्षित गर्ने जगदम्बा मोटर्सको भनाई छ । नेपालभरका सबै आधिकारिक टिभिएस डिलरहरूमा तथा नाडा अटो शोमा पनि एनटर्क डिस्क बिएस सिक्स एफआई उपलब्ध रहेको छ । 

undefined

Advertisement

Advertisement