–सचिन अर्याल
नेपाली अटो बजार यतिबेला जुन आकारको हुनुपथ्र्यो, त्यो आकार बन्न सकेको छैन । विगतलाई हेर्दा हाम्रो बजार निकै राम्रो हुँदा पनि वर्षको १८÷२० हजार युनिट मात्र गाडी बिक्री हुन्थे । यो संख्या हाम्रो जनसंख्याको आधारमा निकै कम हो । हाम्रो जत्तिकै जनसंख्या भएका अरु देशको अवस्था हेर्ने हो भने वर्षको एक लाख गाडी बिक्री हुन्छन् । त्यसको तुलनामा हामी धेरै पछाडि छौं ।
नेपालको अटोमोबाइल क्षेत्रले धेरै आरोह–अवरोह पार गरेको छ । प्राकृतिक विपद्, नाकाबन्दी, आर्थिक परिस्थिति, द्वन्द्वलगायतका चुनौतीको सामना ग¥यो । पछिल्लो २÷३ वर्षको अवस्था हेर्दा विद्युतीय सवारी साधन (ईभी)को बजार राम्रो देखिन्छ । नेपालमा ईभीको अवस्था पनि शुरूवाती चरणमा राम्रो थिएन । रेभा, किया सोल, हुण्डाई आयोनिक बजारमा आउँदा पनि नेपालको अटोमोबाइल क्षेत्रमा ईभीको महङ्खव त्यति धेरै थिएन । त्यो अवस्थामा एमजीले विद्युतीय गाडी ल्याउने जोखिम लिएको थियो । एमजी जेडएक्स ईभी आउनु र नेपाली ग्राहकको रोजाइमा ईभी पर्नु एकैपटक भएको छ । एमजीको ईभी आएपछि नेपाली ग्राहकले ईभी पनि आइस गाडीको विकल्प हुन सक्छ भनेर बुझे ।
किन मौलायो ईभी ?
ग्राहकले ईभी यति धेरै रूचाए कि एकपटक त हामीलाई माग पु¥याउनै कठिन भयो । त्यो समयमा नेपालमा मात्र होइन, विश्वव्यापी रुपमै ईभीको बिक्री दर बढेको थियो । ईभीको बजार बढ्नुमा सरकारी नीतिले ठूलो काम गरेको छ । हामीसँग पेट्रोल, डिजेल, कोइला आदि केही पनि प्रयोग नगरी निकालिएको हरित उर्जा जलविद्युत् छ । जलविद्युत उत्पादन थप्पिने क्रम जारी छ । विद्युत्को घरायसी तथा औद्योगिक खपत सोचे जति नबढेकाले पनि सरकारले ईभीका लागि अनुकुल नीति बनाइदिएको होला ।
ईभी ‘ग्रोथ’ हुनुमा सरकारको नीति त छँदैछ, पेट्रोल र डिजेलको मूल्य पनि एउटा कारण हो । तीन–चार वर्षमै इन्धनको भाउ दोब्बरजस्तो बढ्दा मान्छेलाई आर्थिक भार पनि थियो । आम्दानी जस्ताको त्यस्तै भयो । तर खर्च बढ्यो । अब आइस इन्जिनका गाडी चलाउनेले महिनाको ३० हजारको इन्धन हाल्नुपर्छ । तर ईभी प्रयोगकर्ताले तीन हजारमा महिनाभर गाडी चलाउन पाउँछन् । यसमा ठूलो सेभिङ देखेपछि ग्राहक ईभीमा रुपान्तरण भए ।
ग्राहकले ईभी चलाउँदै गएपछि उनीहरुको सिफारिसले अरुमा पनि आत्मविश्वास बढ्यो । विद्युतीय गाडीप्रति शंका भएका ग्राहकका लागि ईभी प्रयोग गरिसकेकाहरुको ‘माउथ पब्लिसिटी’ले काम गरेको छ । यसले समग्र ईभी बजार राम्रो बनायो । त्यस्तै, आइस इन्जिनका गाडी किन्न ऋण लिँदा ५० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्ने हुँदा ग्राहक कम ‘फिचर्स’का गाडी किन्न बाध्य हुन्छन् । तर ईभीको हकमा उस्तै ‘फिचर्स’का गाडी किन्न २० प्रतिशत मात्र डाउनपेमेन्ट गरे पुग्छ । त्यति नै प्रतिशत रकम डाउनपेमेन्ट गरेर प्रिमियम गाडी पनि किन्न सक्छन् । ग्राहकसँग धेरै पैसा भएर होइन कि उनीहरुसँग भएको पैसाले नै ईभी किन्दा ‘हाइटेक’ गाडी किन्न सकेका हुन् । उकालो–ओरालोमा जानुपर्नेले ईभी किन्दैनन्
नेपालमा गाडी चलाउने दूरी अन्य देशको जस्तो लामो छैन । काठमाडौं उपत्यकामा गाडी चलाउनेहरुले पनि ५०÷६० किलोमिटर हो । प्यासेन्जर ईभीका लागि नेपालमा त्यत्ति ठूलो कठिनाई छैन । यही कुरा हाम्रै छिमेकी भारतमा लागू नहुन सक्छ । त्यहाँ १०० किलोमिटरकै कार्यालय दूरी हुनसक्छ । यसको अर्थ नेपालमा डिजेल÷पेट्रोल गाडीको भविष्य अब छैन भन्ने होइन । एक त अहिले समग्र अटो बजार नै डाउन भएको अवस्था छ । त्यसमाथि गाडी किन्न सक्ने जति ग्राहक ईभीमा ‘स्विच’ भएका छन् । भोलि हाम्रो बजार २०÷२५ हजारको भयो भने १५ हजार ईभी बिक्ने होइन । ईभी बिक्ने त्यस्तै १० हजार चानचुन हो । त्यहाँ १० हजार युनिट पेट्रोल गाडी पनि बिक्छन् । अझै पनि उकालो–ओरालोमा जानुपर्ने सडक भएका ग्राहकले ईभी किन्दैनन् । बरू पैसा नहुन्जेल गाडी किन्ने योजना नै ‘ड्रप’ गर्छन् ।
किन बढेन अटो बजार ?
विगतमा विद्युतीय ईभी नआउँदा पनि समग्र सवारीसाधनको बजार वार्षिक २० हजार युनिटको थियो । अटोमोवाइल बजार बढ्न नसक्नुमा केही कारण छन् । हाम्रा धेरै आर्थिक सूचकांक जुन हिसाबले बढ्नुपथ्र्यो, त्यसो हुन सकेको छैन । व्यक्तिको कमाइ जुन हिसाबले बढ्नुपथ्र्यो त्यो पनि बढ्न सकेको छैन । त्यसकारण मान्छे मोटरसाइकल चढिरहेको छ भने मोटरसाइकलमै अड्किएर बसेको छ । गाडी चढिरहेको छ भने प्रिमियम गाडीमा अपग्रेड भएको छैन । यी कारणले गर्दा नयाँ बिक्री सिर्जना नभएको हो ।
परिस्थिति सधैं चीनकै ‘फेभर’मा नहुनसक्छ
अहिले ईभीमा चिनियाँ गाडीको दबदबा छ । अमेरिकन, युरोपियन, जापानिज, कोरियनहरुले ईभीमा काम नै नगरेका होइनन् । उनीहरुले पनि लामो समयबाट विद्युतीयदेखि हाइड्रोजन गाडीसम्मको अभ्यास गरिरहेका छन् । तर, उनीहरु द्रुत गतिमा अगाडि बढ्न भने नसकेकै हुन् । विश्वमा जलवायु परिर्वतनको कुरा चलेपछि विभिन्न सन्धि–सम्झौता भए । त्यसपछि संसारका धेरै देशले पेट्रोलियम गाडीको विकल्प खोज्न थाले । आफूले गरेको प्रतिबद्धता पूरा गर्न चीन पनि आक्रामक भएर अनुसन्धानमा लाग्यो ।
वर्षौंदेखि अटोमोबाइलमा प्रभुत्व जमाएर बसेका मुलुकसँग आइस इन्जिनका गाडीमा धेरै विशेषज्ञता थियो । त्यसकारण पनि उनीहरु ईभीमा त्यति लागेनन् । तर चीन शून्य बिन्दुबाट ईभीमा लाग्यो । चीनलाई आफ्नो देशमा उपलब्ध खनिजले पनि ईभीको विकासमा मद्दत ग¥यो । यसकारण चिनियाँ ईभी ब्राण्ड फस्टाए । अहिले आएर अन्य ग्लोबल ब्राण्डले पनि ईभीमा जाँदा धेरैजसो चिनियाँ कम्पनीसँग सहकार्य गरिरहेका छन् । परिस्थिति सधैं चीनकै ‘फेभर’मा हुन्छ भन्ने पनि छैन । अहिले चिनियाँ गाडी धेरै सस्ता छन् । यो सस्तो हुनुमा चीन सरकारले स्टार्टअप कम्पनीलाई दिएको सहुलियत तथा अनुदान हो । सरकारले पनि एउटा बिन्दुसम्म मात्र सहुलियत दिन सक्छ । त्यसपछि कम्पनीहरु आफंै आत्मनिर्भर हुनुपर्छ । त्यो समयमा मूल्य उस्तै भयो भने अरु देशका ब्राण्ड पनि माथि जान सक्छन् ।
अर्याल पारामाउन्ट मोटर्स प्रा.लि.का महाप्रवन्धक हुन् । कर्पोरेट नेपाल विजनेस म्यागाजिनमा प्रकाशित कुराकानीमा आधारित लेख ।