काठमाडौं । ग्लोबल आईएमई लघुवित्तले कर्मचारी माग गरेको छ ।
संस्थाले विभागीय प्रमुख/सहायक, कानुन अधिकृत, प्रदेश प्रमुख/अनुगमन अधिकृत, शाखा प्रमुख, फिल्ड सहायक पदमा स्थायी पदपूर्ति गर्ने गरी केही कर्मचारी माग गरेको हो ।
इच्छुक उम्मेदवारले आजका मितिले १५ दिनभित्र संस्थाको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् ।
छनौट सूचीमा परेका उम्मेदवारलाई मात्रै थप प्रक्रियाका लागि सम्पर्क गरिने संस्थाले जनाएको छ । साथै, दुईपांग्रे सवारीसाधन चालक अनुमतिपत्र (लाइसेन्स) भएकालाई प्राथमिकता दिइने पनि संस्थाले जनाएको छ ।