शेयर बजारमा उच्च अंकको गिरावट, करीब १३ अर्बको कारोबार

Advertisement

काठमाडौं । साताको पहिलो दिन घटेपनि दुई दिन लगातार बढेको शेयर बजार आज भने उच्च अंकले घटेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमटेड (नेप्से) का अनुसार आज बजार ९०.७३ अंकले तल झरेको हो । ३.२० प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २७३९.४६ अंकमा ओर्लिएको छ । 

Advertisement

बजार उच्च अंकले घटेसँगै सबै समूह राताम्मे भएका छन् । आज सबैभन्दा बढी फाइनान्स समूह ५.१५ अंकले घटेको हो । 

undefined

आज ३२० कम्पनीका २ करोड ६५ लाख ८४ हजार १ सय ९२ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार २ सय १५.२२ रुपियाँ बराबरको कारोबार भएको छ । 

समग्रमा बजार घटे पनि विभिन्न ५ कम्पनीमा भने पोजेटिभ सर्किट लाग्यो । एक्सेल डेभलपमेन्ट बैंक, वीन नेपाल लघुवित्त, सामुदायिक लघुवित्त, समाज लघुवित्त र इस्टर्न हाइड्रोका लगानीकर्ताहरुले क्रमशः १०, १०, १०, १०, १० र ९.९९ प्रतिशतले नाफा कमाएका छन् । 

त्यस्तै कुमारी इक्वीटी फण्डका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज नेपाल फाइनान्सको उच्च करोबार भएको छ । उक्त कम्पनीको ३० करोड ५२ लाख ६१ हजार ३ सय ११ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन आइतबार ५३.६३ अंकले बजार घट्दा १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार ३ सय ४९.३२ रुपियाँ, सोमबार १२७.३२ अंकले बजार उचालिंदा १३ अर्ब १० करोड ४६ लाख ३१ हजार ८ सय २.६७ रुपियाँ र हिजो मंगलबार ६.९० अंकले बजार उचालिंदा १३ अर्ब ५७ करोड ७१ लाख ५ हजार २ सय ८९.१७ रुपियाँ बराबरको कारोबार भएको थियो ।     
 

Advertisement