मेयर बालेनप्रति आक्रामक बनेपछि प्रम ओलीको दुई दिनमै ७१ हजार फेसबुक फलोअर घटे

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाका लोकप्रिय मेयर बालेन शाह (बालेन्द्र)प्रति आक्रामक बनेपछि प्रधानमन्त्री केपी ओलीको फेसबुक पेजमा मात्रै दुई दिनमा ७१ हजार फलोअर घटेका छन् । 

बालेन शाह र ओलीको पहिलेदेखि नै सम्वन्ध कटुतापूर्ण रहेको थियो । प्रधानमन्त्री बनेपछि ओली मेयर बालेनप्रति बढी नै आक्रामक बन्दै आएका छन् । पछिल्लो समयमा एमाले नेतृ एवं साँसद रेखाकुमारी शर्माले एक बालिकाको श्रम शोषण र दुर्व्यवहार गरेको विषयलाई लिएर उनीहरुबीच थप तिक्तता बढेको छ । 

Advertisement

ओलीसँगै उनको पार्टीका नेता तथा कार्यक्रम पनि बालेनदेखि आक्रमक बढेका छन् । एमालेबाटै काठमाडौं महानगरपालिकाको उपमेयर बनेकी सुनिता डंगोललाई पनि एमालेले बालेनको आलोचना गर्न लगाएको छ । दुई दिनअघिसम्म ओलीको फेसबुक पेजमा छ लाख ६२ हजार फलोअर रहेकोमा बुधबार साँझसम्म घटेर पाँच लाख ८९ हजार पुगेको छ । यो घट्ने क्रम जारी छ । ट्विटर (एक्स)मा पनि फेलोअर घटेका छन् । 

सँगै यता बालेन शाहको भने फलोअर बढेको देखिएको छ । यो बीचमा उनको फेसबुक पेजका फलोअलर २० लाखबाट २१ लाख पुगेका छन् । 

Advertisement