कोशी, बागमती र गण्डकीमा बिहानैदेखि वर्षा, दिउँसो कहाँ-कहाँ पर्छ पानी ?

Advertisement

काठमाडौं । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।

मनसुनी वायुको प्रभाव कायमै रहँदा कोशी,बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

Advertisement

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

विभागले कोशी, बागमती,लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने बताएको छ ।

त्यस्तै, ​राति भने आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

विभागका अनुसार कोशी, मधेश ,लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुनेछ ।

Advertisement