काठमाडौं । जर्मन लक्जरी वाच मेकर नोमोस ग्लासहुट नेपाली बजारमा आधिकारीक रुपमा भित्रिएको छ । ५२ बर्ष अगाडि नेपालमा लक्जरी स्विस वाच आयात तथा विक्री वितरणबाट आफूलाई स्थापित गरेको स्विस टाईमपिसेस् नेपाल प्रालिले नोमसलाई नेपाली बजारमा भित्र्याएको हो ।
स्विच टाईमपिसेस् नेपालको दरबारमार्ग स्थिती बिक्रीकक्षबाट नोमोसको विक्री तथा विक्री पश्चातको सेवाको शुभारम्भ गरिएको हो ।
सन् १९९० मा जर्मनीको ग्लासहुटमा स्थापना गरिएको नोमोसले म्यानुअल वाईण्डिङ् र अटोमेटिक मेकानिकल वाच उत्पादनमा आफूलाई विशिष्टकृत गरेको छ । डिजाईनमा सिम्प्लिसिटी र एलिगेन्स भएका नोमस वाच मिनिमलिस्ट वाच डिजाईनका रुपमा संसारभर ख्याति पाउन सफल भएका छन् ।
प्रिसाईज्ड टाईम किपिङ्का लागि चिनिएको नोमोस वाच कलेक्टरहरुले सार्बधिक रुपमा आफ्नो कलेक्सनमा राख्न रुचाउने मध्येको एक ब्राण्ड हो । स्विजरल्याण्ड भन्दा बाहिर रहेर वाच मेकिङ्मा ठूलो सफलता हाँसिल गर्ने थोरै ब्राण्ड मध्येको नोमसलाई जर्मनी र विश्व भरनै सम्मानपूर्वक हेरिने गरिन्छ ।
‘नेपाली वाच कलेक्टरहरुले लामो समयदेखी प्रतिक्षा गरेको नोमस नेपाली बजारमा भित्र्याउन पाँउदा हामी निक्कै हर्षित भएका छौं ।’ नेपाली बजारमा नोमसलाई आधिकारिक रुपमा लन्च गर्दै स्विस टाईमपिसेस् नेपालका अध्यक्ष शम्भु दयाल झुनझुवाला भन्छन्, ‘यो आधुनिक पुस्ताले मन पराउने ब्राण्ड र डिजाईन हो । नोमसले आफ्नो ऐतिहाँसिक महत्व कायम गर्दै डिजाईनमा आधुनिकता ल्याएको छ । नोमस वाच कलेक्टरहरुले खुब मन पराउँछन् ।’