काठमाडौं । साताको पहिलो दिन आज बजार घटेर बन्द भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २५.४६ अंकले ओरालो झरेको हो । ०.९३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २७०१.९० अंकमा ओर्लिएको छ ।
समग्रमा बजार घटे पनि उत्पादनमूलक, लघुवित्त र म्युचुअल फण्ड क्रमशः ०.५०, १.२१ र ०.२२ प्रतिशतले बढेका छन् । बाँकी समूह राताम्मे भए । विकास बैंक समूह सबैभन्दा बढी २.०७ अंकले घटेको हो ।
आज ३२८ कम्पनीका २ करोड २२ लाख ६२ हजार ९ सय २४ कित्ता शेयर किनबेच हूँदा १० अर्ब १२ करोड २४ लाख ८ हजार २ सय ४९.१२ रुपियाँ बराबरको कारोबार भएको छ ।
समग्रमा बजार घटे पनि महुली लघुवित्त, सिर्जनशील लघुवित्त र मिड सोलु हाइड्रोका लगानीकर्ताले १०–१० प्रतिशत नाफा कमाए भने मनकामना इन्जिनियरिङ हाइड्रो र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले क्रमशः ९.९५ र ८ प्रतिशतले नाफा कमाए ।
त्यस्तै थ्रीस्टार हाइड्रोका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरे ।
आज सीईडीबी हाइड्रोको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ४२ करोड १९ लाख २५ हजार २ सय १०.८० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।