काठमाडौं । अर्थमन्त्री बिष्णु पौडेललाई भेट्न आज (आइतबार) दिउसो नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघको विशाल टोली अर्थ मन्त्रालय पुगेको थियो । मन्त्रीलाई भेट्न सुवर्ण हलको बैठक कक्ष खचाखच थियो ।
झण्डै दुईसयभन्दा धेरैको भीड मन्त्रीलाई भेट्न व्याग्र प्रतिक्षामा रहँदा संघका अध्यक्ष कतिखेर आउँछन् ? भनेर सञ्चारकर्मीहरुले चासो दिन थाले । निकै बेरसम्म नआएपछि संघका अध्यक्ष तेन्जिङ शेर्पालाई फोन गर्दा उनले भने, ‘मलाई त आजको भेटघाटबारे थाहै छैन् ।’
संघकै व्यानरमा आएको जम्बो टालीमा अध्यक्षको अनुस्थितिले धेरै आशंकाहरु उत्पन्न हुन थालेपछि सञ्चारकर्मीहरुले थप चासो दिन थाले । कुरा बुझ्दै जाँदा त्यो भीड व्यवसायीको भन्दा पनि नेकपा एमालेका कार्यकर्ताको रहेको खुल्यो ।
संघको संस्थापक अध्यक्ष रामबहादुर गुरुङले आफ्नो राजनीतिक पहुँच देखाउन अध्यक्षलाई कुनै जानकारी नदिई अर्थमन्त्रीसँग भेटघाटको चाँजोपाँचो मिलाएका रहेछन् । उनी एमालेबाट साँसदसमेत भइसकेका व्यक्ति हुन् । अध्यक्ष शेर्पा राजनीतिकभन्दा पनि व्यवसायिक प्रवृत्तिका मानिस भएकाले गुरुङलाई उनलाई उपेक्षा गर्दै एक्लै संस्थाको नाममा मन्त्री पौडेलसँग भेटघाट गर्दै गर्लैंचा व्यवसायीको नाममा समस्याहरु राखे ।
लिखितरुपमा बुझाइएको ज्ञापनपत्रमा नेपाली कलैंचा तथा त्यसको कच्चा पदार्थ आयातमा मूल्य अभिवृद्धि कर छुट गर्नुपर्ने विषयलाई जोड दिइएको छ ।