काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडको शेयर मूल्य समायोजन भएको छ ।
कम्पनीले २० प्रतिशत बोनस शेयर दिने भएपछि शेयर मूल्य समायोजन गरी प्रतिकित्ता रु. २३७.४२ कायम गरिएको छ । यसअघि रु. २८४.९० थियो ।
समाजोजन गरिएको मूल्यबाट आगामी आइतबारदेखि कारोबार शुरु हुने नेप्सेले जनाएको छ ।