ज्यो. गुरु दिवाकर पन्त
आज वि.सं.२०८१ साल असोज महिनाको १५ गते मंगलबार, आश्विन कृष्णपक्षको चतुर्दशी तिथि । आज सोह्रश्राद्ध अर्थात पितृपक्ष अन्तर्गत चतुर्दशीश्राद्ध रहेको छ । आज शास्त्रअस्त्रबाट तथा युद्धमा निधन भएका व्यक्तिहरुको श्राद्ध गर्ने दिनका रुपमा रहेको छ ।
मेष
भाग्यको साथ छ । चतुर खाले व्यक्तित्व हुने छ । पेशागत जीवनमा भने अस्थिरताको अवस्था आउने भएकाले संयमिता अपनाउनु होला । पेशागत क्षेत्रमा आरोप प्रत्यारोपको अवस्था देखिने चुनौति रहेकाले ध्यान दिनु होला । साझेदारीमा गरिएका कामहरुमा चुनौतिहरु देखा पर्ने छन् । शेयर क्षेत्र औसत अवस्थाको रहने छ ।
वृष
भाग्यमानी अनुभूति हुने छ । चतुर तथा बाठो स्वाभावको व्यक्तित्व हुने हुँदा फाइदा र नोक्सानीका बारेमा सतेत चेतना प्राप्त हुने छ । बोलीको प्रभाव बढ्न जाँदा फाइदा मिल्ने छ । व्यवस्थापकीय क्षमतामा केही दक्षता थपिने छ । पारीवारिक जीवनमा विवाद देखा पर्ने छ । शेयर क्षेत्र औसत अवस्थाबाट गुज्रने छ ।
मिथुन
पेशागत जीवनमा सफलता प्राप्त हुने छ । आफुले गरेका कामहरुका बारेमा अरुले कदर गर्ने छन् । साmभेदारीमा गरिएका काममा भने सतर्कता अपनाइ रहनु पर्ने देखिन्छ । मनमा दुविधाको मात्रा निरन्तर आउँदा अन्योलता देखा पर्ने छ । शेयर बजार सकारात्मक रहने छ ।
कर्कट
लक्ष्यहरु पुरा हुने दिशामा रहने छन् । पेशागत जीवनमा स्थिरता आउने छ । उन्नति प्रगतिका खवरहरु प्राप्त हुने छन् । आम्दानीमा केही बृद्धि हुन जाने छ । बोलीमा भने कठोरता देखिन जाने भएकाले यस विषयमा ध्यान दिनु होला । शेयर क्षेत्र अनुकुल रहने छ ।
सिंह
प्रतिष्पर्धात्मक स्वाभावमा बृद्धि हुने छ । साझेदारीमा गरिएका कामहरुले गति लिने छन् । बोलीको प्रभावकारीताका कारण आम्दानी तथा लक्ष्य प्राप्तिमा सफलता मिल्ने छ । पेशागत जीवनमा भने केही आरोप प्रत्यारोपको अवस्था आउने भएकाले संयमितता सहित कदम चाल्नु उपयुक्त हुने छ । शेयर बजार अनुकुल रहने छ ।
कन्या
चतुरता हुने छ । बौद्धिक तथा राजसीपनामा पनि बृद्धि हुने छ । मनोबल भने कमजोर बन्ने हुँदा आँटिलोपनामा कमि आउने छ । प्रतिष्पर्धीहरुको अभिव्यक्ति तथा भनाईबाट मनमा खिन्नता देखा पर्ने भएकाले मनमा दृढटा विकास गर्ने प्रयास गर्नु होला । पेशागत जीवनमा उल्झनहरु देखा पर्न जाने छ । शेयर बजार अनुकुल रहने छ ।
तुला
आम्दानीमा आंशिक बृद्धि हुने छ । व्यक्तित्वमा भने कमजोरी देखा पर्ने छ । पेशागत जीवनमा अस्थिरताका संकेतहरु आउने भएकाले सतर्क रहनु होला । बोलीको प्रभावकारीतालाई प्रयोग गर्न सके पेशागत अस्थिरतालाई नियन्त्रण गर्न मद्धत पुग्ने भएकाले बोलीलाई अघि सार्नु होला । साझेदारीमा गरिएका कामहरु सकारात्मक बन्ने छन् । शेयर क्षेत्रमा जोखिम लिने समय देखिँदैन् ।
वृश्चिक
मनमा दुविधाको क्रम बढ्ने छ । कमजोर मनोबल रहने छ । अरुले दुविधात्मक सोच भएको व्यक्तित्वका रुपमा पाउने छन् । पैतृक सम्पत्तिको आड भरोसाबाट राहत मिल्ने छ । पेशागत जीवन उतार चढावबाट गुज्रने छ । शेयर बजार औसतमा केही प्रतिकुलतर्फको रहने छ ।
धनु
पेशागत जीवन औसतमा सकारात्मक रहने छ तर पेशागत जीवनमा सतर्कतासहित व्यवहारको खाँचो भने देखिन्छ । आम्दानीमा बृद्धि हुने छ भने मनमा चिताएका इच्छा आकांक्षाहरु पूरा हुने तर्फ जाने छन् । रुखो प्रकारको व्यक्तित्व हुने र रिस धेरै उठ्ने भएकाले संयमित रहनु होला । शेयर बजार अनुकुल रहने छ ।
मकर
दृढताले भरिएको व्यक्तित्व हुने छ । रिस भने चाँडै चाँडै उठ्ने खालको व्यक्तित्व हुने भएकाले संयमित रहनु उपयुक्त हुने छ । धन सम्पत्तिमा बृद्धि हुन जाने छ । पैतृक सम्पत्तिको प्रयोगले आर्थिक अवस्थालाई गति दिने छ । पेशागत जीवनमा चुनौतिहरु देखा पर्ने छन् । साझेदारीमा गरिएका काममा अवरोधहरु देखिने छ । शेयर बजार अनुकुल हुने छ ।
कुम्भ
पेशागत जीवनमा सकारात्मक दिशा प्राप्त हुने छ । भाग्यको साथ नभएकाले मनमा शान्ति नहुने तथा मनोबलमा कमि आउने छ । पारीवारिक सदस्यहरु मिलनको वातावरण तयार हुने छ । बोलीमा रुखोपना देखा पर्ने भएकाले यस बारेमा सतर्क रहनु नै वेश हुने छ । शेयर बजार अनुकुल रहने छैन् ।
मीन
मनमा नकारात्मक विचारले सताउने छ । यसले मनमा उदासिनता बढाई दिने हुँदा मन नियन्त्रणमा प्रयास गर्नु होला । व्यवस्थापकीय क्षमतामा कमि आउँदा कार्य दक्षतामा गिरावट गराउने छ । बोलीको प्रभाव कम हुने छ । पेशागत जीवन स्थिर रहने छ । आम्दानी भने सोचे जस्तो हुने छैन् । शेयर क्षेत्र लाभदायी हुने छ ।
(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)