काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी व्यवस्थामा कडाइ गर्दैै नयाँ निर्देशन जारी गरेको छ ।
बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन/परिमार्जन/थप गर्दै आज नयाँ निर्देशन जारी गरेका हुन् ।
नयाँ निर्देशन अनुसार वास्तविक धनी पहिचान गर्दा देहाय बमोजिमको प्रक्रियाहरु अवलम्बन गर्नु पर्नेछ:–
(क) ग्राहक संस्थाले सम्बन्धित दर्ता गर्ने निकायलाई बुझाएको
अद्यावधिक वास्तविक धनीको विवरण लिने,
(ख) ग्राहकबाट सूचना लिने वा स्व–घोषणा गर्न लगाउने,
(ग) सार्वजनिक रुपमा उपलब्ध सूचना ग्रहण गर्ने,
(घ) सामाजिक सञ्जालमा उपलब्ध सूचनाहरुको विश्लेषण गर्ने,
(ङ) प्रचलित कानुनबमोजिम राखिएको अभिलेखबाट सूचना लिने
र
(च) व्यावसायिक रुपमा उपलब्ध तथ्याङ्क लिने ।
(छ) नेपाल सरकारका सम्बन्धित निकाय वा संस्था वा अन्य
निकायहरुबाट सूचना माग गर्ने ।
यस्तो छ संशोधित व्यवस्थाः