ज्यो. गुरु दिवाकर पन्त
आज वि.सं.२०८१ साल असोज महिनाको २२ गते मंगलबार, आश्विन शुक्लपक्षको पञ्चमी तिथि । आज दूर्गापक्षअन्तर्गत पाँचौँ दिन ।
मेष
पेशागत जीवन नयाँ मोड आउने छ, जुन सकारात्मक हुने छ । व्यापारमा सक्रियहरुलाई समय सकारात्मक बन्ने देखिन्छ । बोलीको प्रभाव बढ्ने छ । घर जग्गाको कारोवारमा सहभागिहरुलाई भने समय चुनौतिपूर्ण रहेको छ । शेयर क्षेत्र भने अनुकुल रहने छैन् ।
वृष
भाग्यको बलियो साथ रहने छ । बोलीमा ठाडो बानीले गर्दा पारीवारिक जीवनमा कटुता उत्पन्न हुन जाने छ । पेशागत जीवन सकारात्मक बन्न पुग्ने छ । निर्माण सामग्री, डण्डि, सिमेण्ट जस्ता क्षेत्रमा कार्यरतहरुलाई फाइदा मिल्ने छ । शेयर क्षेत्र सकारात्मक हुने छ ।
मिथुन
दृढ प्रकृतिको व्यक्तित्व बन्ने छ, जसले गर्दा अनावश्यक क्षेत्रमा पनि आँट गर्ने स्वाभावले केही नोक्सानी पु¥याउने छ । पारीवारिक जीवनमा द्वन्द उत्पन्न हुन जाने छ । पेशागत जीवनमा औसत समय सक्रिय रहेको छ । भाग्यहिनताको महशुुस हुने हुँदा कामहरु ढिला गरि मात्र अघि बढ्ने छन् । शेयर क्षेत्र प्रतिकुल रहने छ ।
कर्कट
कमजोर मनोबल भएको व्यक्तित्व हुन जाने छ । यसले गर्दा दुविधात्मक स्वाभावमा अत्याधिक बृद्धि हुने छ । मनमा उदासिनता आउने हुँदा खिन्नताको आभाष हुन जाने छ । साझेदारीमा गरिएका काममा भने फाइदा मिल्ने छ । शेयर क्षेत्र फाइदाजनक रहने छ ।
सिंह
सुख सुविधा भन्दा संघर्ष हुने छ । घर घडेरी तथा होटल रेष्टुरेण्ट क्षेत्रमा सक्रियहरुलाई समय प्रतिकुल बन्न पुगेको छ । आम्दानी गर्नु पर्दछ भन्ने स्वाभावमा भने तिब्रता देखा पर्ने छ । राजनीतिक क्षेत्रमा रहकोहरुलाई हल्का फाइदा मिल्ने छ । शेयर क्षेत्र औसत बन्ने छ ।
कन्या
आम्दानीमा गिरावट आउने छ । पेशागत जीवनमा सोचे जस्तो प्रतिफल नआउँदा आर्थिक दबाब हुने छ । अध्ययन अध्यापनमा मन जाने छैन् । यात्रामा कठिनाई उत्पन्न हुने छ । मनमा दुविधाले सताउने छ । शेयर क्षेत्र सकारात्मक बन्ने छ ।
तुला
पेशागत जीवनमा अचानक द्वन्दको सामना गर्नुपर्ने छ । कार्यालय तथा व्यापारमा आउने द्वन्दमा आफ्नो अवस्था कमजोर हुने भएकाले पहिले नै यस्ता विषयमा सतर्क भएकै राम्रो । समयमा बुद्धि आउने छैन्, जसले गर्दा आवश्यक ठाउँमा आवश्यक कदम लिन अन्योल हुने छ । शेयर क्षेत्र कठिनाईबाट गुज्रने छ ।
वृश्चिक
बादबिबाद हुने समय रहेकाले सतर्क हुनुपर्ने खालको छ । मनमा निराशाका विचार बढि मात्रामा आउने छन् । भाग्यको साथ नरहेकाले अपजस खेप्नु पर्ने छ । पेशागत जीवनमा उतार चढावको अवस्था आउने भएकाले सतर्क भएर कदम चाल्नु होला । शेयर क्षेत्र भने अनुकुल रहन जाने छ ।
धनु
रोग व्याधीका कारण शारीरिक कमजोरीले सताउने छ । मनोबलको पनि कमि हुन जाँदा दृढताको अभाव हुने व्यक्तित्व बन्ने छ । साझेदारीमा गरिएका काममा सफलता हात लाग्ने छ । जीवनसाथिको साथ वा सल्लाह अनुसार काम गरेमा कार्य सफलता प्राप्त हुने छ । शेयर बजार जोखिमपूण रहने छ ।
मकर
दुढ स्वाभावको व्यक्तित्व हुने छ । रिस चर्काे हुने भएकाले नियन्त्रण गर्न ध्यान दिनुहोला । पेशागत जीवन औसत बन्ने छ । साझेदारीमा गरिएका कामहरुमा समस्या देखा पर्न जाने छ । धन सम्पत्तिको अभिबृद्धि हुन जाने छ । शेयर क्षेत्र सकारात्मक रहने छ ।
कुम्भ
बौद्धिक व्यक्तित्व हुने छ । मान सम्मान मिल्ने छ । व्यक्तित्वमा निखार आउने छ । पेशागत जीवनमा भने उल्झनहरुको सामना गर्नु पर्ने भएकाले धैर्य भएर कदम चाल्नु होला । अनावश्यक स्थानमा झैझगडाको स्तरबाट संलग्न हुनु पर्ने अवस्था आउने हुन्छ । शेयर क्षेत्र औसत प्रकारको बन्ने छ ।
मीन
व्यक्तित्वमा दोहोरोपना देखिने छ । आम्दानीमा भने केही बृद्धि हुने छ । पेशागत जीवनमा अस्थिरता हटेको आभाष मिल्ने छ । व्यापार गरिरहेको हकमा पुरै उत्साही भईहाल्ने समय भने छैन् । अध्ययन अध्यापनमा बाधाहरु उत्पन्न हुन जाने छ । शेयर क्षेत्र अनुकुल रहने छैन् ।
(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)