काठमाडौं । हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हिमालयन ८०–२० योजनाको लाभांश (प्रतिफल) घोषणा भएको छ ।
हिमालयन क्यापिटल लिमिटेडको योजना व्यवस्थापकका रुपमा रहेको योजनाले इकाइधनीलाई गत आवको मुनाफाबाट ६ प्रतिशत लाभांश दिने भएको छ ।
क्यापिटलको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले करसहित ६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।