वालेट भुक्तानी कारोबारको कोटा तीन गुणाले बढ्यो, अब दैनिक कति पटकसम्म गर्न पाइन्छ ?

Advertisement

काठमाडौं। नेपाल राष्ट्र बैंकले वालेट सेवामार्फत गर्न सकिने दैनिक भुक्तानी संख्याको सीमा वृद्धि गरेको छ । यसअघि प्राकृतिक व्यक्तिमार्फत हुँदै आएको दैनिक १० पटकसम्मको कारोबार सीमामा तीन गुणासम्मले वृद्धि गर्दै केन्द्रीय बैंकले यस्तो संख्या ३० पटकसम्म गर्न सकिने व्यवस्था गरेको हो । 

खासगरी दशैंतिहार तथा छठको समयमा दक्षिणाको रुपमा प्रदान गरिने भौतिक मुद्रालाई डिजिटलमा कन्भर्ट गर्न र कारोबारमा थप सहजता प्रदान गर्न केन्द्रीय बैंकले यस्तो वालेट सेवाको दैनिक कोटा बढाएको हो । 

Advertisement

नेपाल राष्ट्र बैंकले भुक्तानी प्रर्णालीसम्बन्धी एकीकृत निर्देशन संशोधन गर्दै वालेट प्रयोगकर्ताले दसैंको १० दिन र तिहारको ७ दिनका लागि एकै दिनमा ३० पटकसम्म कारोबार गर्न पाउने व्यवस्था गरेको जनाएको छ । सामान्यतया अरु दिनमा भने दैनिक बढीमा १० वटा मात्रै कारोबार गर्न पाइन्छ ।

हाल मुलुकमा नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिई भुक्तानी सेवा प्रदान गर्ने विभिन्न २७ वटा वालेट सेवा प्रदायकहरु सञ्चालनमा रहेका छन् । 

Advertisement

Advertisement