भारतीय एयरलाइन्सहरुमा बमको हल्ला गर्नेलाई कारवाही गर्न प्राधिकरणको भारतलाई पत्र

Advertisement

काठमाडौं । भारतको निजी वायुसेवा भिस्तारा एयरलाइन्स र सरकारी स्वामित्वको एयर इण्डियामा बमको हल्ला गर्नेलाई कारवाही गर्न नेपाल नागरिक उड्डउन प्राधिकरणले भारतलाई पत्राचार गरेको छ । 

जहाजमा बम राखिएको छ भनेर गलत सूचना दिनेलाई कानूनी दायरामा ल्याउन आग्रह गर्दै प्राधिकरणले कूटनीतिक तहबाट भारत सरकारलाई पत्राचार गरेको हो । उक्त जहाजमा केही दिनअघि भिस्तारामा बमको हल्ला चलाइएको थियो भने आज एयर इण्डियामा त्यस्तो हल्ला चलाइएको थियो । हल्लापछि नेपाली सेना र प्रहरीले खोज गर्दा केही पनि भेटिएको थिएन् । 

Advertisement

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार भारतीय जहाज वायुसेवा भिस्तारामा र एयर इण्डियामा बम राखिएको गलत सूचना आएलगत्तै प्राधिकरणले पहिलो पटक यसरी भारत सरकारलाई पत्राचार गरेको हो । आज फेरि एयर इन्डियाकै हवाइजहाजमा बम राखिएको भनेर गलत सूचना आएको थियो । 

नेपालको तर्फबाट केही नभए पनि भारतीय सुरक्षाको पाटो भएकाले गलत हल्ला किन फैलिरहेको छ ? भनेर भारत सरकारले अनुसन्धान गर्नुपर्ने आवश्यकता खड्किएको प्राधिकरणको भनाई छ । भुलले गलत सूचना फैलाउन गिरोह नै सक्रिय रहेको र त्यसलाई भारतीय सुरक्षाले नै हेर्नुपर्ने देखिएको बताएका छन् । 

Advertisement

Advertisement