थाइल्यान्डमा हवाई यात्राका लागि ‘बायोमेट्रिक प्रणाली’ सुरु

Advertisement

काठमाडौं । यात्रुहरूलाई थप प्रभावकारी र सुविधाजनक यात्रा अनुभव प्रदान गर्ने उद्देश्यले थाइल्यान्डले आफ्ना छ वटा प्रमुख विमानस्थलमा ‘नयाँ बायोमेट्रिक पहिचान प्रणाली’ सुरु गर्ने तयारी गरेको थाइल्यान्ड एयरपोर्ट्स (एओटी) ले जनाएको छ ।

आन्तरिक यात्रुले नोभेम्बरदेखि स्वचालित बायोमेट्रिक पहिचान प्रणालीमा नामाङ्कन गर्न सक्नेछन् । यसले यात्रु पहिचान गर्न अनुहार पहिचान प्रविधि प्रयोग गर्दछ । यो प्रणाली डिसेम्बरदेखि अन्तर्राष्ट्रिय यात्रुहरूका लागि पूर्ण रूपमा सञ्चालन हुने एओटी अध्यक्ष किराती कितमानवतको भनाइ छ । 

Advertisement

सन् २०२४ सेप्टेम्बरमा समाप्त भएको आर्थिक वर्षमा बैङ्ककको सुवर्णभूमि र डन मुआङ विमानस्थलसहित छ वटा अन्तर्राष्ट्रिय गेटवेमा ११ करोड ९२ लाख ९० हजारभन्दा बढी यात्रुहरूलाई सेवा दिइएको थियो । मुलुकको सबैभन्दा ठूलो विमानस्थल सञ्चालक एओटीका अनुसार यो गत वर्षको समान अवधिको तुलनामा १९ दशमलव २२ प्रतिशतले बढेको छ ।

विशेषगरी अन्तर्राष्ट्रिय रुटमा उडान कनेक्टिभिटी बढेकाले चालू आर्थिक वर्षमा १२ करोड ९९ लाख ७० हजार ९७ यात्रुको प्रक्षेपणका साथ विमानस्थल सञ्चालकले उच्च यात्रु सङ्ख्या समायोजन गर्ने अपेक्षा गरेको छ ।
 

Advertisement

Advertisement