सत्तरी करोडको प्रस्ताव नमानेपछि आईएसपीहरुविरुद्ध मेगा म्याक्स टिभीको ‘ब्ल्याकमेलिङ’

Advertisement

काठमाडौं । मिडियाको दुरुपयोग कसरी हुन्छ ? भन्ने एउटा उदाहरण बनेको छ मेगा म्याक्स टिभी र इन्टरनेट सेवा प्रदायक (आईएसपी)हरुको पछिल्लो विवाद । मेगा म्याक्स केवल टिभी सञ्चालक गर्ने कम्पनी हो ।  

ध्रुव शर्मा मुख्य लगानीकर्ता रहेको मेगा म्याक्सले रणनीतिक साझेदारीका लागि आफ्नो कम्पनीको ५१ प्रतिशत शेयर ७० करोड सात लाख रुपियाँमा किन्न प्रस्तावसहित विभिन्न आईएसपीहरुमा प्रस्ताव पठाउँछन् । शर्मा नेपाल केबल टेलिभिजन व्यवसायी महासंघका अध्यक्ष पनि हुन् । तर कसैले पनि उनको प्रस्ताव स्वीकार गर्दैनन् । 

Advertisement

शर्माले आफ्नो प्रस्ताव आईएसपीहरुले अस्वीकार गरेपछि आफ्नो लगानी रहेको एक अनलाइन मिडियालाई अस्त्रको रुपमा प्रयोग गर्दै तिनै आईएसपीहरुविरुद्ध प्रहार गर्ने र ‘ब्ल्याकमेलिङ’ गर्न थाल्छन् । त्यसको पछिल्लो शिकार अहिले वर्ल्डलिंक कम्युनिकेसन प्रा.लि. भइरहेको छ । 

शर्माले आफ्नो मिडियामार्फत आईएसपीहरुले अर्बौं रुपियाँ राजश्व छली गरेको र जनतालाई समेत ठगेको भन्दै आधारहीन प्रचार गर्दै आएका छन् । शर्माले दुःख दिएपछि र अनावश्यकरुपमा बदनाम गरेपछि आईएसपीहरु पनि संठगितरुपमा प्रतिरोध गर्न अग्रसर भएका छन् । 

एक आईएसपी कम्पनीका सञ्चालक भन्छन्, ‘व्यवसायिक साझेदारी गर्न मेगा म्याक्सको ५१ प्रतिशत शेयर हामीले ७० करोडमा किन्दिनुपर्यो अरे । किन्दिएन भन्दैमा आफ्नो लगानी रहेको मिडियाको दुरुपयोग गरेर जे पनि आरोप लगाउन पाइन्छ ? शेयर किन्ने नकिन्ने ? किने पनि कतिमा किन्ने भन्ने कुरा त सहमति हुनुपर्ला । दबाबमा किन्न त सकिन्न नि । अहिले सरकारले समेत पेलेको अवस्था छ । देशमा आर्थिक मन्दी छ । व्यापार व्यवसाय राम्रो छैन । लगातार हुँदैनभएको कुराहरुमा अफवाह फैलाउन काम ध्रुव शर्माबाट भयो ।’ 

शर्माको लगानी रहेको मिडिया कम्पनी नेपाल इ. प्रेस मिडिया प्रा.लि.का सात जना सञ्चालकमध्ये शर्मा एक हुन जहाँ उनको एक हजार छ सय कित्ता शेयर देखिन्छ । उनै व्यक्ति मेगा म्याक्सको मुख्य लगानीकर्ता हुन जहाँ उनको सात करोड ४० लाख रुपियाँको शेयर छ । नेपाल इ. प्रेस मिडियामा भने शर्मा अध्यक्ष नभएर सञ्चालक मात्रै भएको देखिन्छ । केवल टिभीको व्यापार खस्किँदै गएपछि लगानी जोगाउन उनले आईएलपीहरुलाई प्रस्ताव पठाउन थालेका थिए । तर कोही पनि शर्माको प्रस्तावमा राजी नभएपछि उनी रुष्ट भएर मिडियाको प्रयोग गरी दबाब दिन थालेका स्रोतको दावी छ । 

पूरानो प्रविधिमा आधारित केवल टिभीहरु डिजिटलाइज प्रविधिका कारण विस्थापित हुने अवस्थामा पुगेका छन् । यसमा कुनै पनि संभावना नभएपछि आईएसपीहरुले लगानी गर्न अनिच्छा देखाएका हुन् । व्यापार खस्किँदै गएपछि शर्माले सुविसु, भायनेट, डिशहोम, वर्ल्डलिंकसँग साझेदारीको प्रस्ताव गरेका थिए । शर्मा मिडिया सञ्चालक भए पनि जोखिम मोलेर करोडौं रुपियाँ लगानी गर्न कोही पनि तयार भएनन् । 

स्रोतको भनाई छ, ‘म मिडियाको सञ्चालक भइहालेँ । अब म कैलाश सिरोहिया र रामेश्वर थापा जस्तै हो । मैले भनेपछि जे पनि हुनुपर्छ भन्ने मानसिकता राख्नुभयो । अब त्यो अवस्था छैन् । कुन मिडियाले यथार्थ कुरा लेखेको हो ? कुन मिडियाले ‘ब्ल्याकमेलिङ गर्न खाजेको हो ? पाठक र दर्शकले अहिले सजिलै बुझिहाल्छन् । विजनेश गर्ने कुरा त ‘विन विन’ हुनुपर्छ । दबाब दिएर हुँदैन ।’ 

मेगा म्याक्स टिभीले आफ्नो कम्पनीको मूल्यांकन एक अर्ब ३७ करोड ४० लाख ९२ हजार रुपियाँ गरेको छ जुन कुरा मान्न आईएसपीहरु तयार छैनन् । ‘फेजआउट’ भइसकेको प्रविधिको अब खासै मूल्य छैन् । आईएसपीहरुसँगको विवादका बारेमा बुझ्न मंगलबार दिउसो फोन गर्दा शर्माको फोन स्विच अफ थियो । undefined

undefined

undefinedundefinedundefinedundefined

Advertisement

Advertisement