काठमाडौं । लामो समयसम्म पराम्परागत बीमा योजनामा सीमित रहेको नेपाली बीमा बजारमा पछिल्लो समय नयाँ र आधुनिक बीमा योजना आउने क्रम जारी छ ।
त्यस क्रममा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पनि थुप्रै आधुनिक बीमा योजना (बीमालेख) बिक्री गर्दै आएको छ । त्यसमा ‘सन लाइफ सुनौलो बाल समृद्धि जीवन बीमा’ पनि एक हो ।
सन नेपालको ‘सुनौलो बाल समृद्धि बीमा’ योजना बालबालिकाको आर्थिक सुरक्षाको दीर्घकालीन उपायका रूपमा लक्षित गरी ल्याइएको जीवन बीमा योजना हो । यो योजनाले बालबालिका र अभिभावक दुवैको भविष्यलाई सुरक्षित बनाउन सहायक हुनेगरी विकास गरिएको छ ।
बालबालिकाको उज्जवल भविष्य र परिवारको आर्थिक स्थिरता सुनिश्चित गर्न यो बीमा उत्कृष्ट उपाय हुनसक्छ, विशेष गरी उच्च शिक्षा, व्यवसाय सुरुवात, वा अन्य महत्वपूर्ण खर्चहरूमा आर्थिक सहयोग आवश्यक पर्दा।
योजना र लाभहरू
१. दुई जनाको सुरक्षा– ‘सुनौलो बाल समृद्धि बीमा’ योजनामा एकै बीमालेखले बालबालिका र अभिभावकलाई समेट्छ। अभिभावकले प्रस्तावकको रूपमा बीमा गराउँदा यो योजना उनीहरूको जीवनमा आउने सम्भावित आर्थिक कठिनाइहरूलाई व्यवस्थापन गर्न तयार हुन्छ । यो योजनाबाट प्राप्त हुने लाभले बालबालिकाको शिक्षादेखि करियर निर्माणसम्मका पहलहरूलाई सहज बनाउन सहयोग गर्दछ।
२. बीमा समाप्ति लाभ– बीमा अवधि पूरा भएपछि बालबालिका जीवित रहेमा बिमाङ्क रकम र आर्जित बोनस प्रदान गरिन्छ । यो रकमले बालबालिकाको उच्च शिक्षा, व्यवसाय, वा जीवनका अन्य प्रमुख खर्चहरूमा सहयोग पुर्याउँछ । यसले अभिभावकलाई दीर्घकालीन योजनामा सहयोग पुग्ने आधार तयार गर्छ ।
३. दुर्घटना मृत्यु र घातक रोग लाभ– अभिभावकलाई ऐच्छिक रूपमा दुर्घटना मृत्यु लाभ र घातक रोग लाभको विकल्प प्राप्त हुन्छ । अतिरिक्त शुल्क तिरेर यी सुविधाहरू लिन सकिन्छ, जसमा प्रस्तावकको दुर्घटना मृत्यु भएमा ५० लाख रुपियाँसम्मको क्षतिपूर्ति प्रदान गरिनेछ । साथै, १८ प्रकारका घातक रोगहरूको उपचार खर्च पनि कवरेज गरिनेछ ।
४. प्रिमियममा छुट– बीमा गराउँदा वार्षिक र अर्धवार्षिक प्रिमियममा छुटको व्यवस्था गरिएको छ, जसले अभिभावकलाई आर्थिकरुपमा थप सहज बनाउँछ । वार्षिकरूपमा बीमाशुल्क बुझाउँदा २ प्रतिशत छुट र अर्धवार्षिक रूपमा बुझाउँदा १ प्रतिशत छुट पाइन्छ ।
५. मासिक आम्दानी सुविधा– अभिभावकको मृत्यु भएमा बीमा अवधिसम्म मासिक आम्दानीको रूपमा बीमांक रकमको २ प्रतिशत बालबालिकाका लागि उपलब्ध गराइन्छ । यो आयले दैनिक जीवनको खर्च व्यवस्थापनमा सहजता ल्याउँछ र अभिभावक अनुपस्थितिमा पनि बालबालिकाको जीवनशैली कायम राख्न सहयोग पुर्याउँछ ।
भविष्यको लागि लाभदायी
‘सुनौलो बाल समृद्धि बीमा’ योजनाले अभिभावकको अनुपस्थितिमा पनि बालबालिकालाई आर्थिक आधार सुनिश्चित गर्ने लक्ष्य राखेको छ । यो योजनाले अभिभावकलाई आफ्नो सन्तानको उज्जवल भविष्यप्रति निश्चिन्त हुन प्रेरित गर्छ । बीमा अवधीमा योजनाअनुसार नियमित रुपमा भुक्तानी गरिएका प्रिमियम र बोनसले यो योजना दीर्घकालीन लाभ प्रदान गर्ने ठोस उपायको रूपमा बलियो देखिन्छ।
थप जानकारीका लागि कम्पनीको भाइबर तथा व्हाट्सयापमा सम्पर्क गर्नु होस्– ९८०१२३४४४
(प्रवद्र्धनात्मक सामग्री)