काठमाडौं । बंगलादेश पुनः साफ महिला च्याम्पियनसिप बनेको छ । दशरथ रंगलाशामा भएको खेलमा घरेलु टोली नेपाललाई २–१ ले हराउँदै बंगलादेश विजेता बनेको हो । योसहित नेपाल छैटौं पटक उपविजेता छ ।
खेलको ८१ औं मिनेटमा बंगलादेशले गोल गर्दै २–१ को अग्रता लिए पनि नेपालीले जवाफी गोल गर्न सकेन् । यद्यपि नेपाली चेलीहरुको साहसिक प्रस्तुती रह्यो ।
घरेलु टोली नेपाललाई हराउँदा रंगशालामा भएका हजारौं नेपाली दर्शक र सामाजिक सञ्जालमार्फत प्रत्यक्ष हेरेका दर्शक स्तब्ध भएका थिए । यसअघि सन् २०२२ मा पनि नेपाललाई नै हराएर बंगलादेशले पहिलो पटक उपाधि जितेको थियो ।
नेपालविरुद्ध बंगलादेशले खेलको ५१औ मिनेटमा बंगलादेशले पहिलो गोल गरेको थियो । त्यसको ४ मिनेटमै नेपालकी अमिशा कार्कीले गोल गर्दै बराबरी गरेका थिएन् ।
बंगलादेशले करिव अन्तिम समाय पुनः अग्रता लिएपछि भने नेपालको विजेता हुने संभावना कम भएको थियो । आजै विजेता र उपविजेता टोलीलाई ट्रफी र पुरस्कार प्रदान गरियो ।